धनुषा बम विस्फोट अपडेट्स प्रहरीको निगरानीमा ‘विप्लव’, दुई महिला सहित तीन पक्राउ
धनुषा । प्रहरी इन्सपेक्टरसहित ३ जनाको ज्यान जाने गरी भएको बम बिस्फोट घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका तीन स्थानीय नेता रहेका छन् । दुई महिला सहित ३ जनालाई पक्राउ गरिएकोको छ।
पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक ५१ वर्षिय सीतादेवि महरा, केन्द्रीय सदस्य ४१ वर्षिय ललिता महरा र रामसोभित गाहा रहेका छन्।
३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी कार्कीले बताए । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ स्थित इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटरको दुरीमा पर्ने राजेश साहको घरमा गए राति विस्फोट हुँदा साहसहित प्रहरी इन्सपेक्टर अमिरकुमार दाहाल र राजेश साहका छोरा आनन्द साहको मृत्यु भएको थियो । यस्तै अन्य ४ जना घाइते समेत भएका छन ।