सहकारीका सदस्यलाइ आँखा जाँच तथा उपचारमा ५० प्रतिशतसम्म छुट
झापाको दमक–६ मा रहेको सव्जीवजार कृषि सहकारी संस्था र बिर्ताज्योती विर्ताज्योती आँखा अस्पताल दमकबीच भएको सम्झौता अनुसार सहकारीका सदस्यहरु न्यूनतम १५ देखि हधिकतम ५० प्रतिशत छुट पाउने भएकाहुन् ।
सहकारी संस्थाको कार्यालयमा सब्जिबजार कृषि सहकारी संस्था र विर्ताज्योति आखाँ अस्पताल दमकबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।
संस्थाका अध्यक्ष विपिन बस्नेत र उपस्तालका सञ्चालक मोति बरालले सम्झौता पत्रमा हस्ताक्षर गरेकाछन् । सहकारी संस्थाका शेयर सदस्य र कर्मचारीहरुलाई आँखा अस्पतालले ओपिडी जाँच शुल्कमा ५० प्रतिशत, ल्याव टेष्टमा २०, अप्टिकलमा २० , अप्रेशनमा १५ प्रतिशत र अन्य सेवाहरुमा २० प्रतिशत छुट दिने अस्पतालका सञ्चालक मोती बरालले बताए । यसका लागि सहुलियत कार्ड बितरण गरिने छ ।

