२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

झापा दमक नपा ८ बालुवाटारमा आज दुर्घटना भएको छ । उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे ४ प २२७१ नम्बरको मोसाले पैदलयात्री झापा दमक नगरपालिका वडा नं. ८ बस्ने रमेश धिमालको छोरा ५ बर्षिय उज्वल धिमाल घाइते भएकाहुन् । धिमाललाई तत्काल लाईफ लाईन अस्पताल दमक उपचारका लागि पठाईएकोमा थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर रेफर भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैगरी दमक नगर पालिका वडा नं. ५ मा दक्षिणबाट उत्तर तर्फ जादै गरेको ना ५ ख ६८४८ नम्बरको बसले बिपरित दिशा तर्फ आउदै गरेको मे १० प ८७३४ को मोसालाई ठक्कर दिई दुर्घटना भएको छ । दमक नपा २ का खेमराज गौतम घाईते भएकाछन् । हाल घाईते गौतमको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको जनाईएको छ ।