२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकस्थित युनिक कलेजले सरकारले एक महिनाको फि बिद्यार्थीबाट नलिन गरेको निर्देशनको स्वागत गरेको छ ।

कलेज यो निर्णय कार्यन्वयन सहित डेरा गरेर बस्ने तथा लक डाउनले विहान बेलुका गर्जो टार्न मुश्किल परेका विद्यार्थीहरुलाई सहयोग पनि गर्ने भएको छ ।

कलेजका बोर्ड मेम्बर मुकुन्द आचार्यका अनुसार अप्ठेरोमा रहेका विद्यार्थीहरुलाइ उनिहरु बसेको कोठासम्म नै राहत पुर्याउने तयारी गरिएको छ ।

कलेजका कार्यकारी प्रमुख शान्तिराम आचार्यका अनुसार सरकारको निर्णयलाई आत्मसाथ संगै आफ्ना कलेजमा पढ्ने विद्यार्थीलाइ सहयोग गर्नु आफुहरुको कर्तब्य ठानेर राहत उपलब्ध गराउने निर्णय भएको हो ।

उनले अप्ठेरोमा भएका विद्यार्थीहरुलाइ सम्पर्कमा आउन पनि आग्रह गरेकाछन् ।