शैक्षिक र मानवअधिकारको क्षेत्रमा पहिचान स्थापित गर्दै नविन योगी
दमक/
नविन योगी दमकका बहुआयमिक युवा हुन् । शैक्षिक क्षेत्रमा होस या मानवअधिकारको क्षेत्रमा किन नहोस ।
बिभिन्न माध्यमबाट सामाजिक क्षेत्रमा पनि उनि क्रियाशिल रहेकाछन् ।
सर्वोदय इङ्ग्लिस स्कुल दमकका प्रीन्सिपल रहेका उनि राष्ट्रिय मानवअधिकार प्रतिष्ठानमा पदाधिकारीको रुपमा भूमिका निर्वाह गर्दै आएकाछन् ।
उनले सबैभन्दा बढि समय शैशिक क्षेत्रमा दिएकाछन् ।
उनले दमकमा नीजि विद्यालयहरुको भिडमा आफ्नो विद्यालयलाई पनि गणनायोग्य र अब्बल बनाएकाछन् ।
आन्तरिक बिभिन्न प्रतिस्पर्धाहरुमा उनका विद्यालयका विद्यार्थीहरुले प्राय कुनै न कुनै पुरुस्कार जित्ने गरेकाछन् ।
उनले केहि समय अघिदेखि विद्यार्थीहरुलाइ सामाजिक जनजीवनमा घुलमिल गराउनका लागि सर्वोदय चौतारी कार्यक्रम पनि शुरु गरे ।
मासिक रुपमा समाजमा उत्कृष्ठ योगदान दिने ब्याक्तित्वहरुसंग बिद्यार्थीलाइ साक्षात्कार गराउछन् ।
कितावी ज्ञानमात्र नभएर आफ्नो विद्यालयमा पढ्ने बालबालिकाहरुलाई सामाजिक चेतना र ज्ञान दिने आफ्नो उदेश्य रहेको उनि बताउछन् ।

