२०८३ जेष्ठ २१, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमक वडा नं. ३ को एक सुकुम्बासी बस्तिमा ३५ घर परिवारलाई लायन्सकर्मीहरुले राहत उपलब्ध गराएकाछन् ।

लायन्स लिडर अजय अग्रवाल, बिमल शर्मा, ज्ञानु पौड्याल, हेमनाथ अधिकारी, गंगादेब चौधरी, मेघराज राउत, दीपेन्द्र पौड्याल तथा लायन्सकर्मी समेत रहेका दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का, लायन्सकर्मी तथा दमक उद्योग बाणिज्य संघका कार्य समिति सदस्य नबिन अग्रवाल लगायतले खाद्यन्न संकलन गरेर त्यहाँ पुर्याएकाहुन् ।

बिपन्न समुदायलाई सो अवसरमा चाउचाउ तथा साबुन पनि उपलब्ध गराईएको थियो ।

लायन्स लिडर अजय अग्रवालले लायन्सकर्मीहरुले यो समयमा दैनिक जसो भोका तथा अति विपन्नलाई सहयोग गर्दै आएको जनाए । साच्चै कोहि भोकै छ र त्यहाँ खाद्यन्न पुगेको छैन भने हामी लायन्समर्की त्यहाँ पुग्छौ, उनले भने।

दमक वडा नं. ३ का वडाध्यक्ष नविन बरालले लायन्सले विपन्न परिवारलाई सहयोग गरेको प्रति आभार प्रकट गर्दै आगामि दिनमा पनि सहयोग जारी रहने विश्वास ब्यक्त गरे ।

उनले अझै १ सय ५० भन्दा बढि बिपन्न परिवारमा राहत उपलब्ध गराउनु पर्ने अवस्था रहेको जनाए ।

लायन्स अगुवा तथा दमकका सामाजिक युवा ब्याक्तित्व बिमल शर्माका अनुसार वार्ड कार्यालयसंग समन्वय गरेर नै खाद्यन्न लगायतका अत्यआवश्यकीय सामाग्रि बितरण गरिएको हो ।

 

दमकमा लायन्स अभियानकर्मीहरु आफ्नै गोजि खर्च कटाएर गरिबका लागी खाध्यन्न सहयोग जुटाएर बाडदै

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Saturday, 11 April 2020