२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

-वालचन्द्र सुब्बा

तिमी सांच्चै बाजे हाै?
म हरेक बाजेहरुलाई साेध्न चाहन्छु ,
नातिनातिनाहरुकाे कति माया लाग्छ?
उनीहरुको जन्मदिनमा,
मैनवत्ति निभाएर
केक नकाट्नु भन्दिन,
यति भन्छु ,
उसलाई सांचै माया गर्छाै भने,
उसको हरेक जन्मदिनले
विरान पस्दै गरेकाे उसको अागनमा
दुईवाेट बिरुवा लहलह
हरियाे झांगिन पाउनपर्छ ।
सेलाेक!सेलाेक!
न्याउली चरिले फेरि गाउन पाउन पर्छ।।
उसको जीवन बिमाकाे प्रिमियर
याे भन्दा ठुलोअरु हुन सक्दैन ,
हजुरकाे प्याराे नातीकाे,
जन्मदिनको सुन्दर उपहार ,
उसको प्यारो नाममा
हरेक बर्ष
वृक्षराेपन बाहेक अर्को हुन सक्दैन ।
ए प्याराे हजुरबा,
याे भन्दा गंभिर अाशिष,
हजुरकाे,
नातिनीलाई अर्को हुन सक्दैन ।।
( २२ मार्च २०२०;नयाँदिल्ली, भारत ।)