२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

वालचन्द्र सुब्बाको कविता

‘मृत्युको सहरमा जिजिविषा’

यतिबेला म वसेकाे सहरमा
तातो हावा चलिरहेको छ,
एउटा देसानकाे।
र सहर डरलाग्दो भएको छ।
मान्छेहरु भटाभट मरिरहेछन्।
मान्छेहरु सहर छाेडेर दाैडी रहेछन्। राेगी,कंजाेर र उमेर पुगेका
पाकाे मान्छेहरुलाई,
याे देसानले
घरघरमा,चाेटाचाेटामा
वंदि वनाएकाे छ।
र अस्पतालबाट भटाभट टिप्दैछ। मान्छेहरु सहर छाेडेर भागी रहेेछन्।
मानाै दन्त्यकथाकाे एकादेशमा
दैत्य फेरि वाैर्हिएर उठेको छ।
र युगाैं युग देखिको
अाफ्नाेअतृप्त भाेककाे ज्वाला
अाजै निभाउने मनसुवा राख्छ।
राजकुमार दिग्पालहरु,
हावामा तरवार नचाउंदै
यताउता असहाय
हल्लि रहेको हेरिरहेको छु।
उता,
दैत्यकाे मुटु कपाउने दहाड
झनै नजिक सुनिन थालेको छ।
म देखि रहेको छु,
मृत्युको कालाे छायां
सहर माथि मडारिइ रहेको छ।
म एउटा पाकाे र राेगी मान्छे
मेरो थप अायुकाे कामना गर्दै
याे सहरमा
उंघेकाे निकै दिन भयो।
दिनदिनै डरलाग्दाे हुदै गएकाे
याे सहर,
अाजकल,
म सित हरेक विहान
मेराे काेठाकाे झ्यालनेर अाएर मुस्कुराउंछ-खिसिट्युरी।
उसलाई कसले भनी देवस् ?! ‘
मान्छेलाई जिजिबिषा
कति धेरै प्यारो हुन्छ…!! ‘
( १६जुन २०२०; नयाँदिल्ली,भारत )