२०८१ बैशाख ७, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

मैले जे देखे त्यहि लेखे

विष्णुप्रसाद पोखरेल

दमक/ पछिल्लो राजनीतिक घटनाक्रमले राजनीति फोहोरी खेल हो भन्ने पुरानो आख्यानलाई थप बल मिलेको छ । जनताले आदर्श मानेका र देश हाँक्ने जिम्मेवारी लिईसकेका तथा लिन चाहानेहरुका भाषणहरु सुन्दा साच्चै पछुताउने अवस्था आएजस्तो लाग्छ ।

फोहारी गालिगलौज र मैले भनेको मात्र सबै सहि बन्ने संस्कार नेताहरुमा देखिएको छ । यो संस्कार कार्यकर्तामा पनि देखिनु स्वभाविक नै भयो । यसले आखिर हामीलाई चाहि पुर्याउछ कहाँ ? यस बिषयमा गम्भिर बन्न जरुर रहेको छ ।

राजनीतिक अस्थिरता, राजनीतिक खिचतानी र राजनीतिक वहानाबाजिले देशको आर्थिक अवस्था कहाँ पुग्ला ? हेक्का राख्नु जरुर छ । अहिले छिमेकमात्र होइन दाजुभाई र श्रीमानश्रीमति बीच नै राजनीतिक तथा बैचारिक रुपमा लडाई शुरु भएको छ । तर्क होस या कु तर्क गरेर जित्नै पर्ने जस्तो देखिएको छ ।

लडाई र झगडा कार्यकर्ता स्तरमा हुन्छ भोली लपक्क फेरी नेताहरु मिल्छन् । त्यो पनि स्वार्थका लागि । यसर्थ राजनीतिलाई फोहोरी खेलको रुपमा होइन इमान्दारीताको र बिचारको विश्वविद्यालय बनाउन लाग्नु पर्छ जस्तो लाग्छ ।

लोकतन्त्र तथा गणतन्त्र जनताको बलमा आएको भनिन्छ तर ति जनताले आखिर के पाए ? जति पाए त केहि थान नेताहरुले पाएकाछन् । प्रधानमन्त्री बन्ने अवसर, मन्त्री बन्ने अवसर पाएकाछन् । आफ्ना नजिकका मान्छेहरुलाई राम्रो स्थानमा लगेर थपना गर्न सकेकाछन् ।

राजनीतिकलाई सहि ढंगले लैजान राजनेता पनि सहि ढंगले चल्नु पर्यो । ब्याक्तिगत स्वार्थ र कुण्ठा त्याग्नु पर्यो । जनताका समस्याहरु सामधानतर्फ उन्मूख बन्नु पर्यो । देश विकास तथा आर्थिक विकासलाई महत्व दिनु पर्यो ।

आन्दोलनको नाममा नेताहरुले पैसा उठाउछन् त्यतै पनि कमाउछन् । आफ्नो मुद्धा स्थापित बन्यो भने त्यहाँबाट पनि फाइदा लिन्छन् र कुनै कुनै लाभको पद लिन्छन् र त्यहाँ पनि कमाउछन् । जो पछि लागेको कार्यकर्ता हुन्छ उसले गुमाउनु बाहेक केहि रहन्न ।