सडक सञ्जालले फेर्यो मुहार ! हेर्न लायक गौरीगन्ज/खजुरगाछीको ऐतिहासिक पुरानो बजार (हटिया)

विष्णुप्रसाद पोखरेल
दमक/ निक्कै समय भएको थियो गौरीगन्ज खजुरगाछी नपुगेको । सधै एउटा गौरीगन्जको बिषय आईरहन्थ्यो यहाँ हुलाकी राजमार्गको गौरीगन्ज खजुरगाछी जोड्ने पुल । यो धेरै समय समचारको बिषय बन्यो तर अहिले यो सञ्चालनमा आईसकेको छ । यसैसाता गौरीगन्ज पुगियो । गौरीगन्ज गाँउपालिका वडा नं. ३ को कार्यालय पुग्दा गाँउपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र वडाध्यक्ष एवं प्रवक्ता मखना महतोलाई त्यहि भेटियो । कुराकानीकै क्रममा मैले सोधे दुबैजनालाई सोधे गौरीगन्जमा भन्न लायक र देखाउन लायक के काम भएको छ ? बजार गएर हेर्नुहोस, पुल बन्दैछ त्यहाँ पुग्नुहोस, किसानका हरेक घरमा सिचाईका लागि मोटर पुगेको छ त्यहाँ पुग्नुहोस, अध्यक्ष श्रेष्ठको जवाफ थियो ।
भारतीय सिमावर्ती क्षेत्र गौरीगञ्ज गाउँपालिकाको मुख्य बजार क्षेत्र गौरीगञ्ज र खजुरगाछी बजारलाई समेटेर सरकारले ल्याएको स्मार्ट सिटीको अवधारणा कार्यन्वयनको चरणमा रहेको छ । यहि अवस्थामा एकपटक ल गौरीगन्ज र खजुरगाछी बजार हेरौन भनेर वडाध्यक्ष मखना महतोसंग जब निस्किए म अचम्मित भए । खजुरगाछी बजार त उलटपुलट भएको रहेको छ । गौरीगन्ज मुख्य चोकमा हुलाकी राजमार्गकोकाम तिब्र रुपमा भइरहेको पाईयो । जब पुल कटेर खजुरगाछि टेकियो त्यहाँ त शहरी क्षेत्रमा आकर्षक चार लेनको सडक बनिसकेको रहेको छ । पुराना बजारका घर टहरा सबै हटाएर फराकिलो सडकले खजुरगाछी नै हो के ? भनेजस्तो पो रहेछ । हुलाकी राजमार्ग यहाँका जनताको ठूलो सपना पुरा भइरहेको भान भयो ।
त्ययसपछि बजार क्षेत्रभित्र (हटिया) प्रवेस गर्दा त राजमार्गजस्तै गजवको सडक बनेको रहेछ । बजार क्षेत्रभित्र सडक सञ्जालले खजुरगाछी बजारलाई नमुना बनाएको रहेछ । चक्रपथ झै बजारलाई कालोपत्रेले घेरिएको अवस्था देख्दा त्यो खाल्डाखुल्डि र हिलो सम्झना आयो । कुनै समय यो बजार (हटिया)मा मेरो एउटा मोवाइल पनि हराएको थियो । कच्ची सडकले गोजीबाट झरेर हराएको मोवायलको याद आयो । बजारमात्र होइन आसपासका क्षेत्रमा चौतर्फी २ लेनको आकर्षक सडकले खजुरगाछी हो भन्ने नलाग्ने अवस्था भएको देखे । मैले यो घुमिरहदा यस क्षेत्रमा लामो समयदेखि विकासमा क्रियाशिल रहेका संविधानसभा सदस्य दीपक कार्कीलाई पनि सम्झे । जसको यो अवस्था आउनुमा कम भूमिका छैन । किनकी यस बिषयमा कार्कीले बारम्बार भनेको याद आयो ।
गौरीगन्जको पुरानो गुन्द्रि बजारभित्र प्रवेस गर्दा अझै राम्रो चमक देखियो । दूईतीन बर्ष अघि कहाँको गौरीगन्ज हटिया बजार र अहिले कहाँको । वास्तवमै आमूल परिवर्तन आएको रहेछ । झण्डै डेढ दशक अघि मेरा गौरादहका मित्र दीपक सुवेदीसंग म हटिया गएको थिए । त्यो हटिया लाग्दाको अवस्था र अहिलेको अवस्था सम्झिए । बीचमा पनि म कयौ पटक यहाँ पुग्दा त्यस्तो ठुलो परिवर्तन देखेको थिइन् । तर पछिल्लो दूई बर्षपछिको विकासक्रम मेरो सोचाईभन्दा बाहिरको लाग्यो । सडकले घेरिएको रहेछ पुरानो हटिया । जसले गर्दा निक्कै आकर्षक देखियो । पसल कवलहरु पनि निर्माणाधिन अवस्थामा रहेको पाए । यसै वाडका वडाध्यक्ष महतोले भन्दै थिए-विकास त धेरै भएको छ र गर्दा त हुनेरहेछ, शहरी विकास मन्त्रालय अन्तर्गत यो काम भएको हो ।
संघीय सरकारका बिभिन्न निकायले गरेको विकासले गौरीगन्जले मुहार फेर्दैरहेछ । स्थानीय सरकारले पनि आफुले सकेको सहयोग र निर्माणको कामलाई प्रथामिकता नै दिइरहेको छ । गौरीगन्ज र खजुरगाछी जोड्ने गेउरीया खोलामा ट्रष्ट ब्रिज (पुल) निर्माणको अन्तिम चरणमा पुगेको रहेछ । संघीय र प्रदेश सरकारबाट आएका योजनाहरुले हाम्रो सुन्दर गौरीगन्ज बनाउने सपनामा ठुलो टेवा पुगेको छ, महतो भन्दै थिए । उनले गौरीगन्जबासीको पनि यसमा ठुलो योगदान रहेको भने । सडक फराकिलो बनाउनका लागि होस या यहाँको विकासलाई सहयोग गर्न सधै सकारत्मक भुमिका सबैको रहेकाले यो सम्भव भएको हो, उनको तर्क थियो ।
मानिसका हेर्ने दृष्टिकोण फरक हुन्छ । बुझाई फरक हुन्छ । तर गौरीगन्ज र खजुरगाछी हटिया क्षेत्रमा भएको परिवर्तन मेरो हेराई र बुझाईमा यति चाडो यो अवस्थामा पुग्छ भन्ने थिएन । हुलाकी राजमार्ग भने ढिलाई भएको थियो । तर अहिले त्यो ढिलाई र आक्रोश मेटाउने किसिमले काम भएको जस्तो लाग्यो । ढल तथा सडक निर्माणमा गुणस्तरियता कायम गराउनका लागि खवरदारी र जनप्रतिनिधिहरुको भूमिका महत्वपुर्ण हुनेपर्ने स्थानीयले बताए । निर्माण ब्यवसायीको मनपरि रहेको पनि गुनासो गरे । यसमा सम्बन्धित पक्षको ध्यान जाओस् । गौरीगंज गाउँपालिका प्रदेश नं. १ अन्तर्गत झापाको पूर्व-दक्षिणमा पर्दछ ।
गौरीगंजको उत्तर तर्फ गौरादह नगरपालिका,पुर्व तर्फ झापा गाउँपालिकाको साथै सिभशत्ताक्षी र पश्चिममा रतुवामाई नगरपालिकाका रहेको छ । नेपाल सरकारकाे पछिल्लाे राज्य पूनशंरचना २०७३ ले साविक गाउँ विकास समितिहरू महाभारा,काेराेबारी,गाैरीगञ्ज र खजुरगाछि लाई समावेश गरी गाैरीगञ्ज गाउँपालिका नामाकरण गरिएकाे हाे । १०१.३५ वर्ग कि.मि मा फैलिएकाे यस गाउँपालिकामा जम्मा घरधुरी संख्या ७,६४५ ,परिवार संख्या : ७,७७० ,जनसंख्या : ३६१४५ (महिला ४८.९६% ,पुरूष ५१.०४%) रहेकाे छ ।