२०८३ असार १४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

सामाजिक काममा सक्रिय दमकको साथिभाई समुहले आज आफ्नो पहिलो साधारणसभा तथा अधिवेसन सम्पन्न गरेको छ । समुहका अध्यक्ष गंगा सिटौलाको अध्यक्षता तथा दमक नगरपालीकाका प्रमुख राम थापाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख थापाले समुहले स्थापनाको छोटो समयमै उदाहरणीय काम गरेर समाजमा स्थापित भएको बताउनु भयो । बिषेश गरी दमक बषपार्कको अहिलेको आकर्षक स्वरुप यहि समुहको प्रयासमा सफल भएको भन्दै उहाँले आगामी दिनमा पनि यस्तै काम गर्न आग्रह गर्नु भयो ।

त्यसैगरी कार्यक्रममा नगर उप प्रमुख रेगिना भट्टराईले साथिभाई समुहमा भएका उर्जासिल युवाहरुको काम प्रशंसनिय भएको बताउनु भयो । नगरको बिकाशका लागी गरिने हरेक सकारात्मक काममा नगरपालीकाको साथ रहने भन्दै उहाँले आगामी दिनमा सहकार्य गर्नको लागी आफुहरु तयार रहेको बताउनु भयो ।

यसै विच आजै भएको अधिवेसनबाट समुहको अध्यक्षमा पुनः गंगा सिटौलानै सर्व सम्मत चयन हुनु भएको छ । समुहको उपाध्यक्षमा योगेन्द्र कुमार खत्री, सचिव दिपेन्द्र तिवारी, सह सचिव दिलिप गेलाल र कोषाध्यक्षमा अशोक कुमार पाख्रीन चयन हुनु भएको छ ।

त्यस्तै सदस्यहरुमा जिवन दुलाल, चन्द्र खत्री, पदम प्रसाद ढुंगाना, खिलुराज खरेल, शंकर शाह, कुमार ढकाल, कमल कटुवाल र राजु ठकुरी सर्वसम्मत चयन हुनु भएको नव निर्वाचित अध्यक्ष सिटौलाले बताउनु भयो ।