शैक्षिक परामर्शका लागि दमकमा अल्फा विटाको कार्यालय शुरु
दमक/ विदेश अध्ययनका लागि जाने बिद्यार्थीहरुलाई लक्षित गरेर झापाको दमकमा अल्फा विटाको शाखा कार्यालय सञ्चालनमा आएको छ । १३ औं शाखा सञ्चालनमा ल्याएको छ । बेलडाँगी रोडमा यसको शाखा कार्यालय सञ्चालनमा आएको हो ।
कमारी एजुकेशन कन्सल्टेन्सी मार्फत शैक्षिक परामर्शको सेवा दिन खोलिएको जनाईएको छ । कमारी एजुकेशन कन्सल्टेन्सी प्रा.लिका अध्यक्ष दिनेश अधिकारी, निर्देशक राजु थापा र सञ्चालक तथा जनसम्पर्क अधिकारी नविन योगीले आफुहरु सर्वसुलभ र गुणस्तरीय सेवामा समर्पित रहने बताए ।
कन्सल्टेन्सीले अमेरिका, युके, अष्टेलिया लगायतका विश्वका २० मुलुकमा रहेका विश्वबिद्यालयहरुमा अध्ययनका लागि उपयुक्त परामर्श सेवा प्रदान गर्ने बताईएको छ । आयल्स तथा विभिन्न भाषाका कक्षाहरु समेत यहाँ सञ्चालन हुनेछ ।

