भूमण्डलीय उष्मीकरण अनि जलवायु परिवर्तनले पृथ्वीमा विध्वंस र विनाश निम्त्याउँदैछ !
बिरेन्द्र ताम्लिङ/सिक्किम
जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने एउटा गतिविधि हो र त्यो आफ्नै हिसाब र गतिमा चल्ने गर्छ । तर अलिक चर्को घाम लागे के साह्रो घाम लागेको हौ, पानी अलिक निकै परेमा यो कुकुरको मुत कहिले थामिएन भन्ने शब्द लगाएर प्रकृतिलाई दोष लगाउने हाम्रो स्वभाव वा प्रबृत्ति नै हो, त्यो हाम्रो भेगतिर मात्र नभएर सायद अन्य ठाँउतिर पनि होला । हावा – हुण्डरी, गरम- जाँडो, घाम -पानी आउनु भनेको प्रकृतिको एउटा चक्र नै हो आफ्नो समयमा अथवा ऋतु अनुसार प्रकृतिले आफ्नो स्वरुप आफ्नै याम अनुसार चलाई रहेको हुन्छ, त्यो सामान्य कुरा हो तर बिना समयमा अत्यधिक रूपमा आउने पानी- झरी, घाम, जाँडो, गर्मी, खडेरी भनेको प्रकृतिको असन्तुलनले जलवायु मात्र नभए समग्र वातावरणलाई नै खल्बलाएको कारणले यस्तो परिवर्तन भएको हो भन्ने ठिम्याइ छ ।
ग्लोबल वार्मिङ वा जलवायु परिवर्तनले वातावरण, मानव स्वास्थ्य र अर्थव्यवस्थामा धेरै प्रभाव पार्न सक्छ जस्तै:
(१) तापक्रम: ग्लोबल वार्मिङले पृथ्वीको सतहको औसत तापक्रम बढाउँछ। यसले थप गम्भीर तातो लहरहरू निम्त्याउन सक्छ, जुन विशेष गरी वृद्ध र बालबालिकाका लागि खतरनाक हुन सक्छ ।
(२) समुद्री सतह: बढ्दो समुद्री सतहले तटीय समुदाय र इकोसिस्टमलाई खतरामा पार्छ ।
(३) मौसम: ग्लोबल वार्मिङले थप गम्भीर आँधी, खडेरी र बाढी निम्त्याउन सक्छ ।
(४) स्वास्थ्य: ग्लोबल वार्मिङले मलेरिया र डेंगु जस्ता संक्रामक रोगहरू, र फोक्सोमा संक्रमणको फैलावट बढाउन सक्छ ।
(५) इकोसिस्टम: ग्लोबल वार्मिङले बोटबिरुवा र जनावरका प्रजातिहरूको वितरणलाई परिवर्तन गर्न सक्छ र तिनीहरूको जीवन चक्रको समय परिवर्तन गर्न सक्छ।
(६) कृषि: ग्लोबल वार्मिङले कृषि र पशुधनको उपज र व्यवहार्यता घटाउन सक्छ ।
(७) वाइल्ड फायरहरू: ग्लोबल वार्मिङले परिस्थितिहरू सिर्जना गर्न सक्छ जसले अझ तीव्र वन्य आगो निम्त्याउन सक्छ जुन छिटो फैलिन्छ र लामो समयसम्म जल्छ ।
(८) पानी: ग्लोबल वार्मिङले पानीको आपूर्ति र पानीको गुणस्तर र जलविद्युतको उत्पादनलाई असर गर्न सक्छ ।
(९) गरिबी र विस्थापन: ग्लोबल वार्मिङले गरिबी र विस्थापन निम्त्याउन सक्छ ।
कांग्रेसी नेता एवं प्रख्यात लेखक श्री शशी थोरोरद्वारा (Down To Earth, 21सेप्टेम्बर 2024) अन्लाईन पेजमा पर्यावरणबारे लिखित लेखमा वातावरण असन्तुलन अथवा जलवायु परिवर्तनमा विशेष यी ६ कारणहरु देखाएका छन् ।
(१)जलवायु परिवर्तन: तापक्रम र विशिष्ट मौसम ढाँचाको दीर्घकालीन परिवर्तन ।
(२) प्रदूषण: प्राकृतिक वातावरणमा दूषित पदार्थहरूको प्रवेश जसले प्रतिकूल परिवर्तन निम्त्याउँछ।
(३) पारिस्थितिक प्रणाली: एक विशेष क्षेत्रमा सबै बोटबिरुवा र जनावरहरू, तिनीहरूको वरपरको वातावरण । कुनै विशेष क्षेत्रमा बासस्थानको विनाशलाई इकोसिस्टम विनाश भन्न सकिन्छ ।
(४) वातावरणीय ह्रास: हावा, पानी र माटो जस्ता स्रोतहरूको ह्रास र वन्यजन्तुको विलुप्तताबाट वातावरणको बिग्रन।
(५) संसाधनको कमी: प्राकृतिक स्रोतहरूको उपभोग तिनीहरूलाई भर्न सकिने भन्दा छिटो।
(६) जैवविविधता हानि: पृथ्वीमा जीवन स्वरूपहरूको विविधता र परिवर्तनशीलतामा कमी ।
हाम्रो प्रजाशक्ति दैनिकले ०३ अगस्त २०२४ को ‘जलवायु परिवर्तन: विश्व तापमान, हरितगृह ग्यास र समुद्री सतह इतिहासमै उच्च’ शीर्षकमा यस्तो उल्लेख गर्छ,” जलवायु परिवर्तनका प्रभावहरु इतिहासमै सबैभन्दा उच्चस्तरमा देखिएका छन् । वैज्ञानिक अनुसार सन् १९१५ मा विश्वको तापमान, हरितगृह ग्यासको मात्रा तथा समुद्री सतह इतिहासकै उच्चतम बिन्दुमा पुगेको छ । विश्वका साढे ४ सय वैज्ञानिकहरुको अनुसन्धानका आधारमा तयार गरिएको स्टेट अफ क्लाईमेट नामक रिपोर्ट अनुसार गत वर्ष विश्वको तापमान सबैभन्दा उच्च बिन्दुमा पुग्नुमा जलवायु परिवर्तनका साथै समुद्र तात्ने प्रवृत्ति अर्थात इएल निनोको पनि प्रभाव रहेकोे छ । सन् १९५० यता २०१५ मा पृथ्वीले सबैभन्दा शक्तिशाली एल निनोको प्रभाव बेहोरेको वैज्ञानिकहरुले बताएका छन् । रिपोर्ट अनुसार सन् २०१५ मा मुख्य ३ वटा हरितगृह ग्यास, कार्बोनडाइ अक्साइड, मिथेन, र नाइट्रस अक्साइडको मात्रा कीर्तिमानी उच्च बिन्दुमा पुगेको छ ।
यी सबै ग्यासहरु जिवांश इन्धनको दहनबाट धेरै मात्रामा निस्किने ग्यासहरु हुन् । सन् १९१५ मा अन्य धेरै जलवायु जन्य विषमता देखा परे । वर्षा याममा औसतमा भन्दा धेरै पानी पर्दा विश्वका धेरै भागमा बाढी पहिरोका घटना बढि भए । एकातर्फ वर्षामा धेरै पानी पर्यो भने अर्कोतर्फ पृथ्वीमा सुख्खाग्रस्त क्षेत्रहरु झन्डै दोब्बरले बढे । पृथ्वीको १४ प्रतिशत क्षेत्रमा चरम खडेरी पर्यो । रिपोर्ट अनुसार उत्तरी ध्रुवीय क्षेत्रमा तापक्रमको वृद्धि उच्च दरमा रहेको र यसले ध्रुवीय हिउँलाई तिब्र दरमा पगलिरहेको पाइएको छ । विसौ शताब्दीको शुरूवात देखि अहिलेसम्ममा उत्तरी ध्रुवीय क्षेत्रको तापक्रममा २.८ सेल्सियसले वृद्धि भएको छ ।”
यसरी नै मौसम परिवर्तनको कारण मोरोक्कोमा बितेको ५० वर्षपछि यति विग्न पानी परेको रेकर्ड यहाँ उल्लेख गरिएको छ,” मोरक्को सरकारका अनुसार सेप्टेम्बर महिनामा मात्र २४ घण्टामा परेको २५० मिलिमिटर पानीले ५० वर्षदेखि सुख्खा रहेका मरुभूमिका तालहरु भरिएका छन् । मोरक्कोकाे मौसम विभागका कर्मचारी हुसैन योआबेबका अनुसार मोरक्कोमा करिब ५० वर्षपछि २४ घण्टामा यति धेरै पानी परेको हो ।(१२खरी डिजिटल न्युज,असोज ३०,२०८१)
यसरी नै नेपालको राजधानी काठमाडौंमा अविरल वर्षाको कारण भ्यानक भलबाढीले तान्डव मच्चाएको थियो र धेरै क्षति बेहोर्नु परेको छ “The disaster is caused by a deadly combination of climate change and urbanisation, according to the Nepal-based ICIMOD statement, many of whose employees also found themselves on the frontline of these floods. “I’ve never before seen flooding on this scale in Kathmandu,” Arun Bhakta Shrestha, climate and environmental risks lead at ICIMOD, in the statement.” (Down To Earth, 30 september 2024)
नेपाल टाईम्स अनुसार अक्सिजनका लागि पृथ्वीको फोक्सो मानिने अमेजन जङ्गलको ब्यापक तथ्य बाहिएको छ । करिब ८ लाख ८० हजार वर्गकिलोमिटर क्षेत्रफल रहेको अमेजन जङ्गलले बितेको चार दशकमा जर्मनी र फ्रान्स देश बराबरको क्षेत्रफल बन जङ्गल फडानीबाट गुमाएको रिपोर्टमा उल्लेख गरिएको छ । लिंक यहाँ राखिएको छ ।
https://www.facebook.com/
यस्तै प्रकारले साउदी अरेबियाको मदिना मक्कामा हज यात्रीहरुको अत्यधिक गर्मीको कारण मृत्यु भएको रिपोर्ट छ,”साउदी अरेबियाको मक्कामा जुन १२ देखि जुन १९ सम्म गर्मीका कारण ९२२ हज यात्रीको मृत्यु भएको छ । एक रिपोर्ट अनुसार साउदी अरबमा हज यात्राको क्रममा इजिप्टका मात्र ६०० भन्दा बढीको मृत्यु भएको छ । ठुलो सङ्ख्यामा हज यात्रीहरू अहिले पनि बेपत्ता रहेको मिडिया रिपोर्टमा बताइएको छ। जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । रिपोर्टका अनुसार मृत्यु हुनेमा इजिप्टपछि जोर्डन, इरान, इन्डोनेसिया र सेनेगलका हज यात्रीहरू रहेका छन् । साउदी कूटनीतिज्ञले बताए अनुसार अधिकांश मृत्यु गर्मीका कारण बिरामी परेका कारण भएको हो ।
साउदी अरेबियाका अधिकारीहरूका अनुसार मक्कामा जलवायु परिवर्तनको गहिरो असर परिरहेको छ । यहाँको औसत तापक्रम हरेक १० वर्षमा ०.४ डिग्री सेल्सियसले बढिरहेको छ ।”( खबरहब, ६ असार २०८१)यसै वर्ष २१ जुलाई २०२४ आइतबारको दिन इतिहासकै गर्मी दिन रहेको र ८४ वर्षको पुरानो रेकर्ड गर्मीले तोडेको रिपोर्ट छ,”गत आइतबार अर्थात् जुलाई २१, २०२४ पृथ्वीको इतिहासकै सबैभन्दा गर्मी दिनको रुपमा रह्यो ।
कपर्निकल क्लाइमेट चेन्ज सर्भिस (c3s) का अनुसार आइतबार विश्वको औसत तापमान १७.०९ डिग्री सेल्सियस मापन भएको थियो । यसले सन् १९४० देखि अहिलेसम्मका सबै रेकर्ड तोडिदिएको छ ।” (जनबोली,साउन ११, २०८१) अझ अर्को रिपोर्ट यहाँ उल्लेख गरिएको छ,”दक्षिणी ईरानको एक मौसम स्टेशनले ८२.८ डिग्री सेल्सीयस (१८० डिग्री फरेनहाइट ) हिट इन्डेक्स रेकर्ड गरेको बताएको छ । पुष्टि भयो भने यो पृथ्वीमा रेकर्ड गरिएको सबैभन्दा उच्च तापमान हुने छ । तापमान वृद्धिका कारण अत्यधिक गर्मीले बिश्व ब्यापी जलवायु परिवर्तन र घटना झन् तिब्र बन्ने सम्भावना रहेको जलवायु बैज्ञानिकहरुले चेतावनी दिएका छन् ।”(दैनिक मिरमिरे,३१ अगस्त २०२४) जलवायु परिवर्तनको प्रभावले समुद्रको जलस्तर बढदै गइरहेको छ भने ग्लेशियर बिल्दैछ अनि हावामा CO2 को मात्रा बढ़दै छ । जंगल अनि वन्यजीव कम हुँदैछ, साथै जलवायु परिवर्तनको कारण जलीय जीवन पनि प्रभावित भइरहेको छ । यस्तो अनुमान लगाइदैछ कि यदि यस्तै परिवर्तन जारी रहेमा उद्भिद अनि जीवजनवारहरुको कैयौ प्रजातिहरु पृथ्वीबाट विलुप्त भएर जाने सम्भावना बढेर गएको छ ।
जलवायु परिवर्तनको ५ प्रभावहरु यस प्रकार रहेको छ जस्तै, जसरी जलवायु गर्म हुँदै जान्छ,त्यस्तै वर्षाको पैटर्न बदलिन्दै जान्छ अनि वाष्पीकरण बढ़नेक्रम जारी रहन्छ, ग्लेशियर बिल्दै गएपछि समुद्रको
स्तर बढ़ने छ । यो सबै कारकले ताजा पानीको उपलब्धतालाई प्रभावित पार्ने छ । बढदो तापक्रम अनि मौसम परिवर्तनको कारण धेरै तालहरु सुक्दै गरेको रिपोर्ट यहाँ उल्लेख गरिएको छ,” Divisional Forest Officer (DFO)of Badrinath Forest Division in Chamoli, Sarvesh Dubey, said, “The Lake is shrinking in width and depth by about 0.1% to 0.5% anually . Tradionally, the area around Roopkund would experience snow flurries during rainfall, but now rain is more common, causing loose moraine to slide down into the lake, we believe this shift in precipitation pattern is directly linked to climate change and global warming, which is altering the natural balance of the region.” He added: we are reaching out to experts at Forest Research Institute of Himalayan Geological (WIHG)for solution as this year saw excess rainfall and consequently, more silting.”Glaciologist also attributed the shift is precipitation patterns to Climate Change ang global warning.”( Shivani Azad, The Times of India, Oct14, 2024)
यस्तै प्रकारले लद्दाक,हिमाचल प्रदेश अनि उत्तरखण्डको हिमनदीहरु पनि सुक्दै जाँदै गरेको रिपोर्ट यहाँ उल्लेख गरिएको छ,”Glacier retreat in Himalayas raises flood risks, says study
Gaurav Talwar Oct 11, 2024, “Kolahai, Hoksar, and Sheshram glaciers have lost 21% of the glacier extent in a course of 40 years from 1980 to 2020. The glaciers in Ladakh Himalayas are also showing a significant decreasing trend,” said Lone.Kolahoi glacier, the largest in the Liddar Basin, shrank from 13.5 sqkm to 10.4sqkm between 1980 and 2022. Sheshram, the second largest in the basin, shrunk from 5.9sqkm to 4.7sqkm while Kohsar reduced from 1.3sqkm to 0.7sqkm.
The study also noted similar trends throughout the Himalayas including glaciers in Uttarakhand and Himachal Pradesh, making these regions equally vulnerable to climate-induced disasters.
( The Times of India Oct.11, 2024)
मौसम परिवर्तन र बढदो तापक्रम साथै प्रदुषणको कारण धेरै जलचरहरुलाई पनि असर पारिरहेको छ त्यसमा विशेष गरेर समुद्रको गहिराईमा बस्ने सार्क माछाहरुलाई असर पारेको ‘दैनिक मिरमिरे पत्रिका’ले १४ जुलाई २०२४ दिन ‘महासागरको तापक्रम निरन्तर बढदै, सार्क घट्दै’ भन्ने शिर्षकमा यस्तो लेख्छ, “हाल पृथ्वीमा भइरहेको तापक्रम वृद्धिले समुद्रको तापक्रम पनि बढदै गएको छ । यसका कारण सार्कहरुमा फेरि पनि त्यस्तै परिवर्तनहरु देखा परेका छन् त ? अर्को शब्दमा के सार्कहरु अझै ठुला र अझै गतिवान हुन सक्छन् ? लाखौ वर्ष पहिले ग्लोबल वार्मिङले केहि सार्कहरुमा महत्त्वपूर्ण परिवर्तनको बिकास गरेको हुन सक्छ । तर, डा° हिमामलेका अनुसार आज द्रुत रूपमा परिवर्तन भइराखेको मौसमले भने समुद्री जीवलाई क्षति पुर्याउने सम्भावना बढी छ । ´किन भने त्यसबेलाको तापक्रम परिवर्तनले पनि सार्क बाहेकका अन्य जनावरलाई पुर्ण रूपमा क्षति पुर्याएको थियो । धेरै जीव पुर्ण रूपमा विनाश भएका थिए,” उनले भने, ” केही सार्कहरुले त्यो परिवर्तनलाई आत्मसात् गर्न सकेपनि यसले धेरै अन्य जनावर लोप पनि भए ।” विश्वको तापक्रममा भइरहेको द्रुत वृद्धिले समुद्रमा रहेका विभिन्न जलचरका साथै सार्कहरुलाई पनि नकारात्मक असर परिरहेको वैज्ञानिक अध्ययनहरुले पुष्टि गरेका छन् । उनीहरुको अनुसार तापक्रम वृद्धिले समुद्रको पानीमा हुनु पर्ने ओक्सिजनको तहलाई घटाउँदै लगेको देखिन्छ । जसका कारण धेरै ओक्सिजन आवश्यक पर्ने जलचर लुप्त हुने अवस्थामा पुगेका छन् भने अनगिन्ती लुप्त पनि भइसकेका छन् । यसको असर सार्कहरुमा पनि परेको हो ।”
हरितगृह ग्यास उत्सर्जनले पृथ्वीलाई (Blanket) कम्बल बनाउँदा, तिनीहरूले सूर्यको तापलाई पासोमा पार्छन् । यसले ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको नेतृत्व गर्दछ। विश्व अहिले रेकर्ड गरिएको इतिहासको कुनै पनि बिन्दु भन्दा छिटो तापक्रममा छ। समयसँगै न्यानो तापक्रमले मौसमको ढाँचामा परिवर्तन गर्दै प्रकृतिको सामान्य सन्तुलनमा बाधा पुर्याइरहेको छ ।
यस्तै प्रकारले विश्वको कपडा उद्योगहरु जलवायु परिवर्तनमा १० प्रतिशत जिम्मेवार रहन्छ भन्ने यस लेखमा उल्लेख गरिएको छ,” लुगा बढी खपत गर्नु प्रकृतिमाथि अन्याय । आकर्षक लुगाले व्यक्तिलाई पक्कै राम्रो देखाउँछ, यसमा कुनै शंका छैन । तर लुगा बढी खपत गर्नु भनेको प्रकृतिमाथि दोहन गर्नु पनि हो । विश्वव्यापी फेसन उद्योगले प्रतिवर्ष एक खर्ब बढी कपडा उत्पादन गर्छ । यीमध्ये लगभग ८० अर्ब थान कपडाहरु विभिन्न भूभागबाट प्रत्येक वर्ष खरिद हुन्छ । जसको सीधा असर प्राकृतिक स्रोतमा परिरहेको छ । अन्तर्राष्टिय जनरल अर्थका अनुसार जलवायु परिवर्तनमा फेसन उद्योग १० प्रतिशत जिम्मेवार रहन्छ । फेसन उद्योगबाट सबैभन्दा ठूलो खतरा भूमिगत पानी हो । वास्तवमा कारखानाहरूले कपडा बनाउन धेरै पानी बर्बाद गर्छन् । जसका कारण भूमिगत पानीको सतह निरन्तर घट्दै गएको छ । रेयोन र भिस्कोज जस्ता रुखबाट बनेका फेसनल फेब्रिकमा आधारित कपडाको उत्पादनका कारण हरेक वर्ष हजारौं हेक्टर वनहरू काटिन्छन् । वनजंगल फडानी गर्नु भनेको पर्यावरणलाई हानि गर्नु हो । यसले वनमा बसोबास गर्ने प्रजातिहरू र विश्वभरका आदिवासी समुदायमा गम्भीर खतरा उत्पन्न हुन्छ ।” (खर्च कटौती मात्र होइन , पर्यावरणका लागि पनि लुगाको जतन जरुरी, मनिषा थापा, अन्लाईन खबर, २०८० साउन १७ गते )
बढदो तापक्रम र मौसम परिवर्तनको कारण सिक्किममा रहेका हिमालहरु अत्यधिक गर्मीको कारणले बिलेर हिमतालमा पसेपछि हिमनदीको बहाव बडेर विध्वंस मच्चाउँदै मुनि – मुनि टिस्टा नदीको छेउतिर भएको बस्तीहरु सोरसार पार्दै जलप्रलय हुनुको मुख्य कारण पनि जलवायु परिवर्तन नै हो । यो जल प्रलयले ४ अक्टोबर २०२३ मा आएको त्रास्दीपुर्ण भल – पहिरोले सिक्किमलाई अझसम्म थला पारेको छ । यसरी नै सिक्किम जस्तो चिसो ठाँउमा सेप्टेम्बर महिनाको अन्तमा पनि अत्यधिक गर्मी २३/०९/२०२४ को दिन जोरथाङमा ३८° रेकर्ड भएको थाहा लाग्यो तर त्यसको दुई दिनपछि देखि पाँच दिन लगातार घनघोर पानी पर्दा सिक्किम लगायत नेपालमा विध्वंस र विनाश गर्यो ।
पानी परेपछि मुसलधारे नरहने कुनै ठुलो घटना घटेपछि मात्र रोकिने, घाम लागेपछि सातवटा घाम लागे जस्तो कहिँ कतै खडेरी पारेर मात्र छाडने, यो मौसम परिवर्तनकै कारण हो भन्ने मौसमविद्हरुको भनाइ रहेको छ । पुरानो पानीको मुहान सुक्नु सायद स्वभाविक हुनु सक्छ किनभने पहिले -पहिले त्यही मुहानको धाराबाट ८/१० घरले पानी लिएर जान्थे/खान्थे, मुहानमा पानी खुल्ला हुन्थ्यो भने अहिले त्यही मुहानमा पाईपको बिट्टा अटि नअटि खादी राखेको छ घरमा पुर्याएपछि पनि प्रत्येक कोठाहरुको बाथरुममा भान्सामा अनि बाहिरतिर गाडी धुने, अलैंची, फुल इत्यादिमा लगाएको हुन्छ, मुहानमा खुल्ला बग्न नदिएर सुकाएपछि कहाँबाट उम्रिन्छ त्यहाँ देखि तलतिर पानी ?
उत्तर सिक्किमको दक्षिणी ल्होनाक झिलसंगै धेरै हिमतालहरुको सर्वेक्षण गरेको रिपोर्टमा यस्तो उल्लेख गरिएको छ,”Until now, we [have] relied on satellite images of these glacial lakes, but to have an implementable plan of action, we need to reach these lakes and note the changes they are experiencing [due to] climate change,” said Prabhakar Rai, director of the Sikkim State Disaster Management Authority (SSDMA), one of the government agencies participating in the expedition.(The Print )
सिक्किमको राजधानी गान्तोकले बितेको ५५ वर्षको गर्मीको रेकर्ड तोडेको छ ।
Impact of climate change
The Sikkim government is cautious about attributing climate change as a possible cause of GLOF events in the state. But meteorological data point to a worrying trend: it’s becoming warmer.
India Metrological Department (IMD) data from Gangtok show that September 2023 was the hottest since 1969—nearly 55 years. The month alone saw 11 days when temperatures in Gangtok crossed the 25 degrees Celsius mark. Between 6 and 13 September and again from 18 to 23 September, daytime temperatures consistently stayed above 24 degrees Celsius.(The Print, Reported
by Soumya Pillai ).
जलवायु अनुकुल नयाँ प्रजातिको फसलहरु भारतीय कृषि वैज्ञानिकहरुले बिकास गरेको हाम्रो देशको कृषि, किसान कल्याण तथा ग्रामीण बिकासका माननीय मन्त्री श्री शिवराज सिंह चौहानज्युको लेखले बुझाउँछ, ‘जलवायु संकटको युगमा कृषि बिकासका लागि बीज खेती’ “पछिल्ला १० वर्षमा कृषि परिदृश्य द्रुत रूपमा विकसित भएको छ । ग्लोबल वार्मिङ र पर्यावरण असन्तुलन जस्ता गम्भीर मुद्दाहरुवीच उत्पादनलाई बढावा दिनु अहिले चुनौती हो । यस चुनौतीबाट निस्क्न लागि हामीले अगामी ५ वर्ष भित्र जलवायु अनुकुल फसलहरुको १,५०० नयाँ प्रजाति बिकास गर्नेछौ ।
यस समयमा केवल बिज्ञानले नै किसानहरुको खुशहाली निर्धारण तय गर्न सक्छ । मलाई आफ्ना कृषि बैज्ञानिकहरुप्रति गर्व छ जसले जलवायु अनुकूल कृषि उत्पादनहरुको प्रजाति बिकास गरिरहेका छन् । कृषिमा भइरहेको अविस्कारले खेतीपाती र किसानको खुशहाली सुनिस्चित गर्नेछ भन्ने मेरो दृढ़ विस्वास छ ।”(हाम्रो प्रजाशक्ति, २५ अगस्त २०२४)
बोट – बिरुवालाई पनि चोट पुर्याउँदा दुख्नु सक्छ, पीर हुनु सक्छ, उनीहरुमा पनि अदृश्य जीवन हुनु सक्छ भनेर उद्भिद शास्त्रीहरुले अनुसन्धान गरिरहेका छन् भने भारतीय वैज्ञानिक एव उद्भिद शास्त्री जगदिश चन्द्र बोसले सन् १९०१ मा नै लन्डनको रोयल सोसाइटीमा प्रदर्शन गरेका थिए कि बिरुवाहरूको जीवन चक्र, प्रजनन प्रणाली छ, र तिनीहरूको वरिपरिको बारेमा सचेत छन् ।
बन -जङ्गल फडानी गरेर काठ बेच्ने प्रथा बन्द हुनु पर्छ । एउटा रुख काटेर सट्टामा कति बिरुवा रोप्ने भन्नेमा कानुन बनिनु पर्छ र सक्त रुपमा लागु हुनु पर्छ । सिक्किम सरकारको हरित पहलको योजना “मेरो रुख, मेरो सन्तति” अन्तर्गत नवजात शिशुको नाममा १०८ बोट- बिरुवा रोप्नु पर्छ र “सिक्किम शिशु समृद्धि” योजना अन्तर्गत सिक्किम सरकारले प्रमाणपत्र सहित रु १०,८०० रुपियाँ नवजात शिशुको नाममा बैंकमा १८ वर्षको निम्ति फिक्स डिपोजिट गरिदिने छ ।
सिक्किम सरकारको यो कार्यक्रमलाई हरित क्रान्तिको पहलमा निकै प्रभावशाली मानिएको छ र यसवर्ष दुबईमा सम्पन्न भएको “संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन” COP 28 मा प्रदर्शित भएको “सिक्किम एक्सप्रेस” दैनिकले जनाएको छ । “सिक्किम सरकार की हरित पहल ‘मेरो रुख, मेरो संतति’ को शनिवार को दुबई में संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन सीओपी28 यूएई के दुनिया के सबसे बड़े जलवायु परिवर्तन कार्यक्रम में प्रदर्शित किया गया।” (अनुगामीनी,04 डिसेम्बर 2023)।
हाम्रो प्रजाशक्ति दैनिकले , ‘मौसम परिवर्तनको हानिकारक प्रभाव’ भन्ने शिर्षक दिएर आफ्नो सम्पाद्कीयमा यस्तो लेख्छ, “मौसम परिवर्तन विद्हरुको भनाई अनुसार मौसम परिवर्तनको परिणामका कारण यसरी वर्षा ऋतु शुरु हुनसाथ भारी मात्रामा पानी परेको हो । मौसम परिवर्तन निक्कै घातक भएर देखा परेको छ । जसको फलस्वरुप कहिले प्रचण्ड गर्मी हुने त कहिले भारी वर्षा हुने गरेको हो । अब मौसम परिवर्तनका कारण हुने खतराबाट बाँच्नका लागि मानिसहरुले प्रकृति बिरोधी क्रियाकलापलाई रोक्न सक्नुपर्छ साथै यस्तो स्थितिलाई पार लगाउन सुरक्षित उपाय अपनाउनु पर्ने नितान्त अवश्यक छ ।” (०६ सेप्टेम्बर २०२४)
हामीले प्रकृतिलाई बचाउँनु र आफै पनि यो धरतीमा बाँच्नु हो भने हामीले धेरै कुरामा सम्झौता गर्नु सक्नु पर्छ ।
(१) अनावश्यक प्रकृति दोहनको कार्यमा रोक लगाउनु पर्छ ।
(२) योजना, परियोजनाको नाममा ठुला – ठुला ढुङ्गा, चट्टान, भिर पहरा, तोडनु दिनु हुन्दैन र ठुला- ठुला रुखहरु चाहे निजि होस या सरकारी काटनु दिनु हुन्दैन, दीर्घकालीन बिकासको अवश्यकता छ तर बैकल्पिक बाटो रोज्नु पर्छ ।
(३) सानो ठाँउ, सानो राज्यले पनि पर्यावरण संरक्षणमा सहयोग पुर्याउनु असल हो, केहि हदसम्म सहयोग पुग्छ तर यस विषयमा विश्वका ठुला – ठुला मुलुकहरुले ठुलै पहल शुरु गरेमा ज्यादै फाइदा पुग्छ ।
(४) ठुला – ठुला जल विद्युतीय परियोजनाको पछि नलागेर मिनी माइक्रो पावर परियोजनाहरुमा निजि कम्पनी तथा सरकारको ध्यानाकर्षण हुनु पर्छ, नदी – नाला जहाँबाट बगेको थियो त्यही बग्न दिनु पर्छ ।
(५) विश्वका सबै राष्ट्रहरुले प्लास्टिकको प्रयोगमा सय प्रतिशत रोक लगाएर बैकल्पिक बाटो रोज्न तयार हुनु पर्छ ।
(६) खोलामा जेनेरेटर लगाएर माछा मार्नेहरुलाई सक्त कानुन बनाएर बन्द गर्नु पर्छ, माछा अपुताली हुँदैछ, यो प्रकृतिसंग जोडिएको विषय हो ।
(७) चरा – चुरुङी, वन्यजन्तुको शिकार अनि भीर मौरी काडनमा प्रतिबन्ध लगाउनु अवश्यक छ ।
(८) पहाडी भेगका खोला नालाबाट बालुवा ढुङ्गा निकाल्न बन्द गर्नु पर्छ ।
(९) फोहोर – मैलाको ब्यवस्थापन हुनु अवश्यक छ ।
(१०) प्रदुषण हुने/निकाल्ने गाडी, मेसिन कलकारखाना सबैमा नियन्त्रण हुनु अवश्यक छ या कतिवर्ष चल्नु सक्छ मियाद तोकिएको हुनु पर्छ ।
(११) इन्धनबाट चल्ने वहानहरुलाई बैकल्पिक प्रारुप दिएर समतल र पहाडमा बराबर चल्नु सक्ने विद्युतीय वाहनहरुको निर्माणमा जोड गर्नु पर्छ । ठुला – ठुला ढुङ्गा,चट्टान,पहराहरुलाई तोडफोड गर्नु,
नदी खोला – नालाको दिशा बदल्नु, बडेमानको रुख देखि जंगलहरु काटनु /मास्नु भनेको वातावरणलाई असन्तुलन गराएर जलवायु परिवर्तन गराउनु हो, प्रकृतीको दोहन गर्नु भनेको आफ्नै भविस्य बर्वाद गर्नु हो, यसको सम्पुर्ण जिम्मेवार चरा -चुरुङी, पशु – पक्षी, उद्भिदहरु नभएर हामी विवेकशील प्राणी मानिस जाति नै जिम्मेवार रहेका छौ । हाम्रो रहन -सहन अनि खान – पान पौराणिकताबाट आधुनिकता हुँदै भौतिकवादसम्म पुगेकोले हामीले प्रयोगमा ल्याउने प्रत्येक वस्तुले बढदो तापक्रम र मौसम परिवर्तनलाई सहयोग पुर्याइ राखेको छ । त्यो युग फर्केर आउँदैन, मानिसहरुको आँखाको अघि वातावरणको विध्वंस र विनास भएको देखेमा यो कार्यकलाप केहि हदसम्म घटनु सक्छ नभए अझ बढेर जानेमा कुनै शंका छैन । विश्वमा बहुसंख्यक ब्यक्तिहरु अनेकौं संघ- संस्थाहरु यस बारेमा सचेत छन् तर यसभित्र धेरै अनभिज्ञ पनि छन् । वातावरण, भूमण्डलीय उष्मीकरण, मौसम परिवर्तनको विनास- विध्वंस,जोगाढ र संरक्षणकोबारेमा प्रत्येक प्राथमिक पाठशालाको बाल पाठ्यक्रममा पाठ समावेश गरेर पढाई हुनु जरुरी छ, ताकि बाल मस्तिष्क देखि नै यो कुराहरु गहिरी रूपमा पसेको छ भने आउँदो दिनमा वातावरणबारे उसले सोच्ने गर्छ र केहि गर्नु नसके पनि वातावरण संरक्षणमा सहयोग पुर्याउनु आफ्नो कर्तव्य सम्झिन्छ । अन्य विषयलाई अलिक पर सारेर यो विषयलाई विशेष ठानेर संघ – संस्था मात्र नभएर विश्वका रहेका विभिन्न मुलुकहरुले आ-आफ्नो देशमा यी विषयमा बृहत सचेतना जागरुक गराउन जरुरी छ ।
लेखक, आईपीआर सिक्किम सरकारका सल्लाहकारहुन्