२०८३ जेष्ठ १७, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

काठमाडौं । दयाहाङ राई स्टारर, रामबाबु गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को पोस्टर तथा टिजर आइतबार सार्वजनिक गरिएको छ ।

सार्वजनिक टिजरमा बिषेश गरी दयासंगै नायिका उपासना सिंह ठकुरी र बिजय बराल मात्र फिर्चड रहेका छन् ।

चलचित्र आगामी भाद्र १३ गतेबाट रिलिज हुने भएको छ । यो चलचित्र निर्माण घोषणा भएको चार महिना मै हलमा रिलिज हुँदैछ । यसका दुई सिरिज सुपरहिट भैसकेकाले गर्दा पनि यो चलचित्र प्रति दर्शकको चासो र उत्सुक्ता निकै रहेको छ ।

स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहने चलचित्रमा रिश्मा गुरुङ, कर्मा शाक्य, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन बिक्रम राई, बुद्दि तामाङ, लुनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डि.बि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको पनि अभिनय रहेको छ ।