२०८३ बैशाख ८, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक । झापामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जना विद्यार्थीको मृत्यु भएको छ ।
चार्जमा रहेको मोबाइल हातले समाउन खोज्दा मोरङ रतुवामाई नगरपालिका वडा नम्बर १ घर भई गौरादह ८ स्थित मामाघरमा बस्दै आएका ६ वर्षीय रोशन महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
मृतक बालक गौरीगञ्जस्थित ज्ञानोदय माविमा अध्ययनरत थिए ।
महतोको बिहीबार बिहान करिब १० बजे मोबाइलबाटै करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक इन्स्पेक्टर टेकेन्द्र पौडेलले जानकारी दिए ।