२०८१ जेष्ठ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ निरन्तर प्रयास नै लक्ष्य प्राप्तिको अवसरको रुपमा लिइन्छ । गोकुल श्रेष्ठ दमकमा नौलो नाम होइन ।

युवाहरुको नेतृत्वसंगै दमकको ब्यवसायीक नेतृत्वको जिम्मेवारी पनि उनकै रहेको छ ।

दमक उद्योग बाणिज्य संघका अध्यक्ष श्रेष्ठ दमकमा ब्यवसायीक क्षेत्रमा एक सफल ब्यवसायी हुन् ।

करिब १ दशक अघिदेखि दमक उद्योग बाणिज्य संघमा सक्रिय रहेकाछन् ।

प्रथम उपाध्यक्ष भएका उनि अघिल्लो पटक निर्वाचनमा अध्यक्षमा पराजित बने तर त्यसपछि भएको निर्वाचनमा अध्यक्ष बने ।

एकपटकको हार सधैको हार होइन त्यसपछि जीत्न सकिन्छ भन्ने उनले उनले देखाए ।

उनि ब्यवसायीको मात्र नभएर युवाहरुका पनि नेता हुन । नेपाली काँग्रेस निकट युवाहरुको संगठनमा उनि लामो समयदेखि सक्रिय रहेकाछन् ।

तरुण दल झापा क्षेत्र नं. ५ का सभापतिको रुपमा उनि क्रियाशिल काछन् । त्यसभन्दा अघि उनि दमकको सभापति रहेका थिए ।