ब्यवसायिक र सामाजिक क्षेत्रमा दमकमा चम्किलो नाम-राजु खड्का

दमक/ राजु खड्का । दमकमा युवामाझ नौलो नाम होइन । ब्यवसायीक क्षेत्र होस या सामाजिक क्षेत्र पछिल्लो समयमा उनको नाम अग्रभागमा नै आउने गरेको छ । दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहेका खड्काले थुप्रै युवाहरुलाई ब्यवसायीक बन्न पनि प्रेरित गरेर सहयोग पनि गर्दै आएकाछन् ।
ब्याक्तिगत जीवनभन्दा सामाजिक र ब्यवसायीक जिवनमा सक्रिय युवा ब्यवसायी खड्का सहकारी, स्वास्थ्य लगायतको क्षेत्रमा पनि सक्रिय रहेकाछन् । लायन्स क्लव र दमकमा रहेका युवाहरुका अधिकाँश संघसंस्थामा उनको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता रहदै आएको छ ।
दमकका सामाजिक गतिविधिहरुमा उनको उपस्थिति देखिन्छ । जसका कारण उनको दमकमा सामाजिक क्षेत्रमा एउटा बेग्लै पहिचान बनेको छ । युवाहरुलाई संगठित गर्ने र ब्यवसायीक बनाएर सामाजिक क्षेत्रमा संगसंगै लैजाने आफ्नो उदेश्य रहने गरेको उनि बताउछन् ।
मिजासिलो स्वभावका कारण उनि जो कोहिसंग पनि सजिलै घुलमिल हुन सक्छन् । दमकमा छोटो समय तथा कम उमेरमा आफुलाई स्थापित ब्यवसायी, सफल सामाजिक युवा अभियान्ताको रुपमा खड्काले आफुलाई उभ्याएकाछन् ।