२०८१ मंसिर २२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

दमक/  दिवश राई दमकमा एउटा सफल युवा ब्यवसायीको पहिचान बनाउदै गरेका युवा हुन् । उनि ब्यवसायमा मात्र होइन सामाजिक क्षेत्रमा पनि सक्रिय रहदै आएकाछन् । थकाली किचन एण्ड बारका सञ्चालक राईले दमकमा आफ्नो ब्यवसाय अर्थात थकाली किचनलाई खाना खानेहरुका लागि हव नै बनाएकाछन् ।

दमकमा सफल भएपछि राईले झापाको बिर्तामोड र ईलामको कन्यामा समेत थकाली किचन सञ्चालनमा ल्याएकाछन् । यहाँ आएर खाना खाएपछि धेरै ग्राहकहरुले यहाँ पनि भइदिए हुन्थ्यो भनेर भनेकाले आफुले ब्यवसाय विस्तार गरेको राई बताउछन् ।

झापा र ईलाम गरेर  ३ ठाँउमा रहेका थकाली किचन एण्ड बार उनि आफैले हेर्छन् । सकेसम्म उनि तीन ठाँउमा नै पुग्ने पनि गर्छन् । गुणस्तरीय खाना र ग्राहकले चाहे अनुसारको सेवा दिने आफ्नो मुख्य ध्यय रहेको राईले बताउने गरेकाछन् ।

सामाजिक पहिचान बनाउदै

राई ब्यवसायीक मात्र नभएर सामाजिक क्षेत्रमा पनि क्रियाशिल रहेकाछन् । लायन्स क्लव ईन्टरनेशनल मार्फत उनि सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएकाछन् । उनि दमकमा शुरुवातमा लायन्स क्लव अफ दमक बिगबुद्धको अध्यक्ष हुँदै अहिले लायन्स क्लव ईन्टरनेशनल ३२५ सिको एरिया चिफको जिम्मेवारीमा रहेकाछन् । उनि यसभन्दा अघि लायन्समा उत्कृष्ठ रिजन चियर पर्सनको रुपमा पुरस्कृत तथा सम्मानित समेत भएका थिए ।

दमक र आसपासको क्षेत्रमा कोहि विरामी होस् या आर्थिक अवस्थाले अस्पतालमा छटपटाएको सुन्छन् उनि उसलाई सकेको सहयोग गर्न सधै अग्रसर रहने गरेकाछन् । लायन्सको माध्यमबाट सहयोग जुटाएर सम्बन्धित धेरै ब्याक्तिहरुलाई सहयोग पुर्याएकाछन् । निस्वार्थ रुपमा स्वतस्फूर्त रुपमा आफु सामाजिक काममा लागेको उनले बताउने गरेकाछन् । सबैसंग मिलनसार राईलाई लायन्स क्लव अफ इन्टरनेशनलका उदाउदो लिडरको रुपमा हेरिने गरेको छ ।

खेलकुदमा पनि योगदान

राईको ब्यवसायीक, सामाजिक क्षेत्रमामात्र नभएर खेलकुद क्षेत्रमा पनि उस्तै सक्रियता रहेको छ । दमक रन मार्फत दमकलाई चिनाउनका लागि भूमिका खेलका उनी दमक लखनपुर भेट्रान क्लवका पनि अध्यक्ष हुन् । भेट्रानहरुमा यो क्लव पुर्व सक्रिय र स्थापित भएको क्लव पनि हो । दमक रनमा पनि उनि सक्रिय रुपमा निरन्तर लागि रहेकाछन् । स्वास्थ्यका लागि रन भन्ने नारालाई अघि सारेर उनको सक्रियतामा बिभिन्न ठुला तथा साना प्रतियोगिताहरु पनि दमकमा थुप्रै भएकाछन् ।