२०८२ बैशाख ४, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता १ कार्तिक २०७८, सोमबार

दमक/ रोशन पौड्याल पछिल्लो समयमा दमकमा उदयमान युवा ब्यवसायीको रुपमा अघि बढ्दैछन् । दमक किचन गुड्सका सञ्चालकमध्ये उनि पनि एक हुन् । दाजु ज्ञाननाथ पौड्यालले सामाजिक क्षेत्रमा बढि समय दिन थालेसंगै उनले ब्यवसायलाई थाम्दै आएकाछन् ।

स्वदेशि तथा बिदेशी किचन गुड्सको थोक तथा खुद्रा बिक्रेताको रुपमा दमक किचन गुड्स चर्चित रहेको छ । कमल ६ का स्थायी बासिन्दा  २९ बर्षिय पौड्याललाई कुनै समय विदेश जाने रहर पनि नजागेको पनि होईन । जापान लगायतका मुलक जानका लागि केहि समय उनि लागि पनि परे ।

पछि उनलाई लाग्यो विदेशमा जानु भन्दा त स्वदेशमा नै केहि गर्न सकिन्छ । यहि आफ्नै ठाँउमा केहि न केहि गरिन्छ । त्यसपछि उनी दाजुले सम्हाल्दै आएको ब्यवसायको ढुक्कै बस्न थाले । अहिले उनि उदयमान युवा ब्यवसायीको रुपमा चिनिन थालेकाछन् ।

अनलाईन ब्यवसाय गर्न उनको रुचि रहेको छ । समय अनुसार प्रविधिको माध्यमबाट ब्यवसाय गर्ने आफ्नो धोको रहेको र यो चाँडै पुरा गर्ने उनि बताउछन् । मानिसहरुलाई अहिले पसल जाने र किन्ने समयको बचत होस भन्ने चाहाना रहेको पाईएको छ र यो पुरा गर्नु पर्छ भन्ने लाग्छ, उनि भन्छन् ।

सामाजिक रुपमा लायन्स क्लव अफ कमल लखनपुरमा पनि उनि सक्रिय रहेकाछन् ।