२०८० फाल्गुन १४, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

दमक/ झापा दमकका युवा ब्यवसायी हेम सागर अघिकारी (हेमसिंह) सामाजिक क्षेत्रमा पनि उत्तीकै क्रियाशिल रहेकाछन् । लायन्स क्लवहरु मार्फत उनि सामाजिक क्षेत्रमा क्रियाशिल रहेकाछन् ।

लायन्स क्लव अफ दमक लखनपुरका पुर्व अध्यक्ष समेत रहेका उनि लायन्स क्लब ईन्टरनेशनल, डिस्ट्रिक ३२५ ए १ नेपालका जोन चियर पर्सनहुन् । कोभिडको समयमा लायन्समा उनको सक्रियता निक्कै थियो ।

निर्माण, सुनचाँदी लगायतका ब्यवसायिक क्षेत्रमा सफल मानिएका हेमसिंह सामाजिक क्षेत्रमा पनि आफु सफल बन्न विश्वास ब्यक्त गर्छन् । ब्यवसायीक क्षेत्रमा सफल बनेर म सामाजिक क्षेत्रमा नै चिनिन चाहान्छु, उनि भन्छन् ।

अधिकारी सुनचाँदी ब्यवसायी संघ दमकको कोशाध्यक्ष पनि हुन् ।