तिनिधिसभा सभामुखका लागि नेकपाबाट अग्नि सापकोटाले उम्मेदवारी दर्ता !
काठमाडौं : प्रतिनिधिसभा सभामुखका लागि नेकपाबाट अग्नि सापकोटाले उम्मेदवारी दर्ता गरेको छ । उम्मेदवारीमा नेकपाको तर्फबाट अग्नि सापकोटाको मात्र उमेद्वारी परेको छ ।
नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रस्ताव र प्रमुख सचेतक देव गुरुङ्, पूर्वसभामुख ओनसरी घर्ती र राजपाका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले उम्मदवारी दर्ता गराएका हुन् । योसँगै सापकोटा सभामुख बन्ने पक्का भएको छ ।
उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा अन्य कुनै पनि पार्टीबाट उम्मेदवारी नपरेको संघीय संसद सचिवालयले जनाएको छ । उम्मेदवारी दर्ताका लागि मंगलबार विहान ११ बजेदेखि २ बजेसम्मको समय निर्धारण गरिएको थियो ।

