२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

झापा कमल गाँउपालिकाका युवा नेता एवं ब्यवसायी हुन हुकुम सिंह राई । जो कमल गाँउपालिकामा स्थानीय तहको निर्वाचनमा बराबरी मत पाएपछि गोलाप्रथामा हार बेहोरेका युवा सामाजिक ब्याक्तित्व राई लाई मत ल्याएर पनि कुर्सिमा बस्न नसेका जनप्रतिनिधि मान्न सकिन्छ । उनि नेपाली काँग्रेसबाट उम्मेद्वार रहेका थिए ।

निर्वाचनमा बराबरी ल्याएर हारेका उनि सामाजिक तथा ब्यवसायिक क्षेत्रमा सक्रियछन् । राजनीतिमा लागेपछि दाँयाबाँया गरेर भएपनि कमाउनु पर्छ भन्ने मान्यतालाई उनि भत्काउन चाहान्छन् । यहि कारण उनले कमल गाँउपालिकाको पाडाजुंगीमा आँखि भ्याल होटल खोलेकाछन् । राजनीतिसंगै ब्यवसायीक जीवनलाइ पनि अघि बढाएकाछन् ।

उनले विहिबार आफ्नो जन्मदिन पनि रचानत्मक काम गरेर मनाएकाछन् । कमल गाँउपालिकामा आगलागिबाट पीडित बनेका ४ वटा घरपरिवारलाइ प्रति परिवार १० हजारका दरले सहयोग उपलब्ध गराएकाछन् । उनले आफ्ना छिमेकी तथा वडाबासीलाइ परेको पीरमर्कामा सानो भएपनि सहयोग गरेको जनाए ।