२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

कञ्चन सप्लायर्ष एण्ड ट्रेडर्सका प्रोपाइटर रहेका गौतमले दमकमा एकबर्षको आफू अध्यक्ष रहदा लायन्स क्लवलाइ स्थानीय सरकारसंग कुशलता पुर्वक जोडेका थिए

दमक/ झापा दमकमा लामो सघर्षले ब्यवसायीक तथा सामाजिक क्षेत्रमा पहिचानयुक्त नाम हो । रुद्रप्रसाद गौतम ।

दुखकष्ठ धेरै नै झेलेर सफल बनेका दमकका थोरै ब्याक्तिहरुमा उनि पनि पर्दछन् ।

सानो पान पसल गरेर कुनै समय जीविकोपार्जन गर्न शुरु गरेका उनि एक सफल ब्याक्तिको रुपमा चिनिएकाछन् ।

लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टका पुर्व अध्यक्ष उनले दमकमा सडकका लागुऔषध प्रयोगकर्ताहरुको उद्धारका लागि शुरुवात गरेका थिए ।

दमकको मुख्य नमुना मार्गको आकर्षणको रुपमा लायन्स स्तम्भ उनको पहल र अग्रसरतामा नै बनेको हो ।

स्थानीय मठमन्दिर तथा सामाजिक संघसंस्थामा उनको सहयोग र सक्रियता अहिले पनि रहेको छ ।

कञ्चन सप्लायर्ष एण्ड ट्रेडर्सका प्रोपाइटर रहेका गौतमले दमकमा एकबर्षको आफू अध्यक्ष रहदा लायन्स क्लवलाइ स्थानीय सरकारसंग कुशलता पुर्वक जोडेका थिए ।

उनले आफु बिभिन्न माध्यमबाट सामाजिक कार्यमा लागिरहने पनि बताउदै आएकाछन् ।