२०८३ बैशाख ९, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

काठमाडौं । नेपाली काङ्ग्रेसले सञ्चालन गरेको पहिलो चरणको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान’ले पार्टीमा नवीन ऊर्जा अभिवृद्धि भएको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आइतबार जारी गरेकोे विज्ञप्तिमा वैशाख २५ गते शुरु भई यही जेठ २५ गते सम्पन्न भएको राष्ट्रिय जागरण अभियानले पार्टीका नेता तथा कार्यकर्तामा नवीन ऊर्जा अभिवृद्धि भई सम्पन्न भएको बताएका छन ।

काङ्ग्रेसको अभियानप्रति चासो प्रकट गर्दै शुभेच्छा राख्नुहुने स्वदेश तथा विदेशमा रहेका सम्पूर्णप्रति सम्मान प्रकट गर्दै गाउँ–गाउँसम्म पुगेर पार्टीको विचार सम्प्रेषण गर्ने केन्द्रीय प्रतिनिधिको क्रियाशीलताको सभापति देउवाले प्रशंसा पनि गरेका छन । जागरण अभियानका क्रममा कुशल नेतृत्व गर्ने सबै जिल्ला सभापति र जिल्ला समिति, क्षेत्र, गाउँ–नगर समितिदेखि वडा र टोलसम्मका सबैलाई काङ्ग्रेसले बधाई ज्ञापन गरेको छ ।