२०८१ चैत्र १, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको व्रत तोड्ने दिन अर्थात् ईद–उल–फित्र आज देशभर मनाइँदै छ।
मुस्लिम समुदायमा एक आपसमा शुभकामना साटासाट गर्ने राम्रो लगाउने र मीठो भोजन गरेर यो चाड मनाउने गरिन्छ ।
काठमाडौंस्थित कश्मिरी जामे मस्जिदका धर्मगुरू मोहम्मद फजीर आलम कादरीका अनुसार पैगम्बर मुहम्मदले विजय हासिल गरेको दिनका रूपमा यो चाड मनाइने गरिन्छ ।
विश्वभरका झण्डै दुई अर्ब मुसलमानहरु यो चाडमा सहभागी हुन्छन्। बचतको साढे दुई प्रतिशत ईदका अवसरमा गरिब तथा असहायलाई दान गर्ने प्रचलन छ ।