२०८१ माघ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

पाँचथर । बिहिबार मध्याह्न फिदिम बजारमा आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएका छन् । फिदिम नगरपालिका–१ मेनरोडका कर्णबहादुर मगर र पूर्णबहादुर मगरका घर आगलागीमा जलेर पूर्णरुपमा नष्ट भएका हुन् ।
स्थानिय मिठाई पसलबाट आगलागी शुरु भएको स्थानीयवासीको भनाइ छ । जेरी पकाउने क्रममा दिउँसो करीब सवा १ बजे आगो लागेको थियो । फिदिम नगरपालिकाको बारुणयन्त्रको सहयोगमा सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीबाट दुई घरमा रहेका होटल तथा पसलका अतिरिक्त आसपासका दुई घरमा सञ्चालित पसलमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।