२०८१ चैत्र ९, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

धनगढी । बिहीबार राति आएको हावाहुरीका कारण कैलालीमा २ जनाको मृत्यु हुनुका साथै ठूलो संख्यामा घाइते भएका छन् । भौतिक क्षति पनि उत्तिकै ठूलो मात्रामा भएको छ । टीकापुर नगरपालिका २ मा परखाल भत्केर लाहनु डगौराको मृृत्यु भएको छ । यस्तै, गोदावरी नगरपालिका ८ का वीरबहादुर चौधरीको पनि मृत्यु भएको छ । पूर्वबाट आइरहेको बा ३ प ३८३६ नम्बरको टिप्परले से १ प ५८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीकाअनुसार हावाहुरीकै कारण जिल्लाका विभिन्न स्थानमा ७५ जना बढी घाइते भएका छन् । घाइतेहरुको सेती अञ्चल अस्पताल धनगढी लगायत विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ । गम्भीर घाईते ४ जनालाई उपचारका लागि रिफर गरिएको छ । क्षतिको पूर्ण विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ । हुरीले धेरैजसो घरहरुमा छाना उडाएको छ ।