लोकसेवाको विज्ञापन तत्काल रोकौं : शर्मा
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता तथा सांसद जनार्दन शर्मा लोकसेवाआयोगले निकालेको विज्ञापन संविधान विपरित भएको बताएका छन ।
शुक्रबार विहान संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यो विज्ञापनले संविधान मिचेको दाबी गरे । पूर्वमन्त्री समेत रहेका शर्माले भने,‘यसले संवैधानिक अराजकता बढायो, लोकसेवाको भर्ना तत्काल रोक्नुपर्छ।’
संसदीय समितिले संविधान विरोध हरेक कुरामा छुट दिन नसक्ने भन्दै उनले विज्ञापन रोक्न समितिले निर्देशन दिनुपर्ने माग गरे । ‘संवैधानिक आयोगकै विरोधमा आन्दोलन हुन थाल्यो । यही हो संवैधानिक अराजकता’ उनले भने, ‘यसले राष्ट्रलाई स्वत संकटमा पर्छ ।’