२०८१ बैशाख १२, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । प्रहरीले बौद्धको अत्तरखेलबाट गोली प्रहार गरी छिरिङ तामाङलाई नियन्त्रणमा लिएको छ । उनको दाहिने खुट्टामा गोली लागेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार तामाङ आधा दर्जनभन्दा बढी लुटपाटको घटनामा सलंग्न अभियुक्त हुन्। प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिन खोज्दा प्रतिकार गरेर भाग्न खोजेपछि खुट्टामा गोली प्रहार गरिएको एसएसपी थापाले बताए।
तामाङका अन्य पाँचजना साथीहरु भने यसअघि नै पक्राउ परिसकेका छन ।