विश्वविद्यालय शिक्षाको अन्तरष्ट्रियकरण सम्मेलन हुँदै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ‘विश्वविद्यालय शिक्षाको अन्तरष्ट्रियकरण’ विषयमा यही जेठ २६ र २७ गते अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।
सम्मेलनमा पाठ्यक्रम र शिक्षण, अनुसन्धान र आविष्कार र उद्यमशीलता र व्यवस्थापन विधामा अलगअलग प्रस्तुतीकरण हुने छन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)सहित अमेरिका, बेलायत, फिनल्याण्ड र जापानका प्रसिद्ध विश्वविद्यालयका प्राध्यापकको सहभागीता रहनेछ ।
सम्मेलनबाट आएका सुझावलाई त्रिविको नीति निर्माणमा समावेश गरी कार्यान्वयनमा गरिने सम्मेलनबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइँयो । विश्वविद्यालयका रजिष्ट्रार प्रा डिल्लीराम उप्रेतीले विश्वविद्यालयको शिक्षालाई अन्तराष्ट्रिय गर्न सम्मेलनले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनले भने, “त्रिविको शैक्षिकस्तर माथि उकासिने र विश्वसामु यसको शैक्षिक उन्ननयनबारे थप जानकारी हुनेछ ।”
त्रिभुवन विश्वविद्यालयले २० वर्षदेखि विदेशी विश्वविद्यालयहरुसँग सहकार्य गर्दै आएको छ । हालसम्म १६० विदेशी विश्वविद्यालय ÷शैक्षिक संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर गरी अनुसन्धान, शैक्षिक कार्यक्रम आदान प्रदान समेत गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २६ गते सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।