उपप्रम पोखरेललाई प्रमको कार्यभार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा जानुभएकाले उहाँले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोकेकी छन ।
प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठनको शतवार्षिकी समारोहमा सहभागिता तथा संयुक्त अधिराज्य र गणतन्त्र फ्रान्सको भ्रमणको सिलसिलामा शनिबार त्यसतर्फ प्रस्थान गरेपछि मन्त्री पोखरेलले सो कार्यभार पाएका हुन । नेपालको संविधानअनुसार प्रधानमन्त्री ओलीको सिफारिशमा उनलाई सो जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।