कलाकार संघमा रवीन्द्र खड्का, सरिता पराजित
काठमाडौं । नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजय हुनुभएको छ । शनिबार सम्पन्न भएको निर्वाचनमा उनीे २१८ मत प्राप्त गर्दै विजयी भएका हुन ।
उनका प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गरकी थिइन् । यस्तै उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी भएका छन ।
कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । सङ्घको १७आँै साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।