२०८१ चैत्र ५, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

मार्तडी । बाजुराको बूढीनन्दा नगरपालिका–४ कुरुमा आइतबार दिउँसो खोलामा नुहाउन गएका बेला ढुङ्गा लागेर घाइते भएकी एक महिलाको हवाइ जहाजबाट उद्धार गरिएको छ ।

उक्त नगरपालिकाको कुरु माइती घर भइ हाल बडिमालिका नगरपालिका–३ रजालीकी २४ वर्षीया सरिता रोकायालाई वडाध्यक्ष राजन रोकायाको समन्वय र सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको पहलमा उद्धार गरिएको हो ।

माइती घर भेटघाटमा गएकी रोकाया गाउँ नजीकै नुहाउन गएका बेला भिरबाट ढुङ्गा लागेर घाइते भएपछि थप उपचारका लागि समिट एयरमा नेपालगञ्जको कोहरपुर मेडिकलमा लगिएको वडाध्यक्ष रोकायाले जानकारी दिए ।

सुदूरपश्चिम आन्तरिक मामिला तथा कानून मन्त्रालयको र बूढीनन्दा नगररपालिकाको ५०÷५० प्रतिशतको आर्थिक सहयोगमा घाइते महिला रोकायाको थप उपचारका लागि पहल गरिएको हो ।