रोकी राखेको बसमा ट्रक ठोक्किदा दुई भारतीय तीर्थयात्रीकोे मृत्यु
चपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा रोकी राखेको बसलाई ट्रकले ठक्कर दिंदा २ को मृत्यु भएको छ भने २१ जना घाईते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्र्तगत चन्द्रपुरको मंगलपुरमा को १ ख २६२५ नम्बरको ट्रकले रोकी राखेको ना ६ ख ९०३० नम्बरको बसलाई राती एक बजेतिर ठक्कर दिएको थियो ।
दुर्घटनामा भारत उडिसाका ५४ वर्षिय चरण बिश्वाल र ५३ वर्षिय बिजयकुमार जेनाको मृत्यु भएको ईलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ । सो बस तीर्थ यात्री लिएर काठमाडौंबाट जनकपुर तर्फ जांदै थियो ।
घाईते २१ मध्ये २ जनाको वीरगञ्जमा र अन्यको चन्द्रपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा बस चालक झापाका दुर्गाप्रसाद पौडेल घाइते छन् भने घटना लगत्तै फरार ट्रक चालक सुनसरीका रमेशकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।