२०८१ बैशाख १२, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । बारा प्रहरीले स्रोत नखुलेको ५७ लाख ७९ हजार ४९० रुपैयाँ सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ७ स्थित दशजगा क्षेत्रबाट भारतीय नागरिक वृजकिशोर कुमारलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईले बिहार मोतीहारी जिल्ला बस्ने उनीमाथि चेकजाँच गर्दा सो रकम फेला परेको जानकारी दिए ।

बीआर एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार उनले दुबै खुट्टाको घुँडा मुनी पिडौलाको भाग, कम्मर र जिन्त्स पाइन्टको खल्ती तथा लगाएको हेल्मेट र डिक्की समेतमा लुकाएको अवस्थामा रकम फेला परेको थियो ।

उनलाई पक्राउ गरी बरामद नगद रूपैया सहित आवश्यक छानबिन एवं कारवाहीको लागी सम्पती शुद्धिकरण अनुसन्धान विभाग पुल्चोक ललितपुरमा पठाइएको भट्टराईले जानकारी दिए ।