२०८१ बैशाख १२, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

सुर्खेत । टिप्परको ठक्करबाट पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको छ । रुकुमबाट सुर्खेतको छिञ्चुतर्फ आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले बुधबार दिउँसो भरीगङ्गा नगरपालिका ८ लोदेमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
लेकवेशी नगरपालिका– ७ कल्याणका गेलाङ वीरेन्द्रनगरबाट प्रकाशित सुर्खेत पहिचान दैनिकका प्रकाशक/सम्पादक हुन । नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका सहसचिवसमेत रहेका गेलाङको शव मेहेल्कुना अस्पतालमा राखिएको छ । मोटरसाइकलमा सवार उनलाई ठक्कर दिएलगत्तै फरार भएका टिपर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।