असार १ देखि सार्वजनिक यातायातको भाडा बढ्यो
काठमाडौं । आगामी असार १ गतेदेखि लागू हुने गरी सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागका अनुसार, असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १० देखि १२ प्रतिशतसम्म वृद्धि गरिएको छ ।
प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरिएको बिभागको भनाई छ ।

