२०८१ बैशाख ८, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

भक्तपुर । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भक्तपुरमा नागरिक अभिनन्दन गरिने भएको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समितिले आगामी असार ६ गते भक्तपुरमा आयोजना गरिने समारोहमा सो अभिनन्दन गर्न लागिएको हो ।
समितिले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रचारप्रसार संयोजक नविनप्रकाश श्रेष्ठले नेपालको कला, शिल्प, साहित्य, सम्पदा, संस्कृति र लोक संस्कृतिको संरक्षणमा जोशीले पुर्याएको योगदानको स्मरण गर्दै अभिनन्दन गर्न लागिएको जानकारी दिए ।
अभिननदन समारोह सम्पन्न गर्न नरेन्द्रभक्त हाडाको संयोजकत्वमा २०१सदस्यीय मूल समारोह समिति गठन गरी आवश्यक तयारी पूरा गरिएको उनको भनाइ थियो । असार ६ गते शुक्रबार मध्यपुरथिमिको बाहाखाबजारबाट शङ्खधर चोकसम्म र भक्तपुरको दत्तात्रयबाट सूर्यबिनायकसम्म विशाल शोभा ¥याली गर्दै सूर्यबिनायकको अजिमामा आयोजना गरिने समारोहमा अभिनन्दन गरिने भएको छ ।