२७ पोका गाजासहित दुई जना पक्राउ
हेटौंडा । ५४ किलो गाजासहित मकवानपुर प्रहरीले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ । ना३ख ५३४० नम्बरको ट्रकमा हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको अवस्थामा एक भारतीय नागरिकसहित दुईजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ट्रक चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका २८ वर्षीय रोहित श्रेष्ठ र ट्रकमा सवार भारत रक्सोलका ४४ वर्षीय संजय महतो पक्राउ परेको मकवानपुरका डिएसपी यज्ञराज भट्टराईले जानकारी दिए । प्रहरीले पूर्व पश्चिम राजमार्गमा चेकजाँच गर्दा ट्रकको अघिल्ला भागमा लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद भएको थियो ।
प्रहरीका अनुसार २७ वटा पोका पारेर राखिएको दुई बोरा गाजा बरामद भएको छ । ट्रक चालक श्रेष्ठ र महतोलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।