२०८१ चैत्र १, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

डडेलधुरा । सिडियोले सुरक्षा दिने वातावरण बनाउनुको साटो उल्टै डर र धक्की दिएको आरोप लगाउँदै डडेल्धुरा अस्पतालका सबै डाक्टरहरु बिदामा बसेका छन । उनिहरुले अस्पतालमा काम गर्ने वातावरण नभएको र जतिबेला पनि आक्रमण हुने खतरा रहेको उल्लेख गरेका छन ।
अस्पतालमा कार्यरत ११ जना डाक्टरले सुरक्षाको कारण देखाउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कँडेललाई बिदामा बस्ने पत्र पनि थमाएका छन ।
पत्रमा डाक्टरहरुले प्रमुख जिल्ला अधिकारीबाट सुरक्षा दिनुको साट्टो उल्टो डर र धम्की दिँदै गैरजिम्मेवार रुपमा प्रस्तुत भएको उल्लेख छ । अस्पतालमा हुलदंगा गर्नेलाई कारबाहीको दायारामा नल्याएसम्म काममा फर्कने वातावरण नभएको उनिहरुले पत्रमा उल्लेख गरेका छन ।
अस्पतालमा उपचाररत एक सुत्केरीको मृत्युपछि अस्पतालमा आक्रमण भएको थियो । मृतकका आफन्त र अन्य समूहले अस्पताल परिसर र सडकमा पुगेर टायर बाल्नेदेखि नाराबाजी समेत गरेका थिए ।