२०८१ मंसिर २९, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतले हिजोको सदनको बैठकमा आफूले बोल्न नपाएकामा आपत्ति जनाएका छन । बुधबार प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘मैले विसं २०४८ देखि निरन्तर संसद्मा प्रतिनिधित्व गरेको छु । यस्ता घटना कहिल्यै भएको थिएन ।’
आजको बैठकमा सभामुख कृष्णबहादुर महरासँग समय मागेर उनले मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रजातन्त्र र लोकतन्त्रविरोधी रहेको उल्लेख गर्दै यसले संविधान प्रदत्त वाक् तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने बताए ।

नेता देउवाले स्वतन्त्र र निष्पक्ष हुने मानवअधिकार आयोगलाई कमजोर पार्न विधेयक आएकामा आपत्ति जनाउँदै मानवअधिकार बिनाको प्रजातन्त्र कसरी सुदृढ हुन्छ ? भन्ने प्रश्न गरे । उनले भने, ‘प्रजातन्त्र र लोकतन्त्रविरोधी विधेयक सरकारले फिर्ता नलिए कडा आन्दोलनमा जान्छौँ ।’