२०८१ मंसिर २२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

फिक्कल । इलामको कन्याममा टी टेस्टिङ् र अनुसन्धान केन्द्रको निर्माण हुने भएको छ । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईका अनुसार चिया टेस्टिङ सेन्टर करिब २६ करोड रुपैयाको लागतमा निर्माण हुन लागेको हो ।
प्रमुख राईले शुक्रबार सामाजिक सञ्जालमा उक्त सेन्टरको डिजाइन सार्वजनिक गर्दै भनेका छन–‘नगरपालिका र प्रदेश सरकारको साझेदारीमा बन्ने यो भवनका लागि ५ करोड बिनियोजन पनि भइसकेको छ । यो नगरपालिकाको स्वामित्वमा रहेको सुन्दर ठाउँ कन्याममा बन्नेछ ।’


प्रमुख राईका अनुसार, गत वर्षको नगरसभाले टि टेस्टिङ्ग र अनुसन्धान केन्द्र बनाउने नीति लिएको थियो । यो चियाको बजार प्रवद्र्धनका लागि कोशेढुंगा साबित हुनेमा आफू विश्वस्त रहेको प्रमुख राईको भनाई छ ।


साथै उनले सूर्योदय नगरपालिकाको प्रस्ताब स्वीकारेकामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, अर्थमन्त्री र ईलामका सांसदहरुलाई नगरपालिकाको तर्फबाट धन्यवाद पनि दिएका छन ।

( डिजाइनको सबै तस्वीर प्रमुख राईको फेसबुक वालबाट)