२०७८ अशोज २, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ हप्ता अगाडि

दमक/ झापा दमकमा ब्यवसायिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका युवा ब्यवसायी रमेश लुईटेलले आरम्भ कम्यूटर पसल सञ्चालनमा ल्याएकाछन् । पुराना ब्यवसायी भएपनि उनले नयाँ रुपमा आरम्भ ब्यवसाय शुरु गरेकाहुन् ।

कम्यूटर तथा प्रविधिको क्षेत्रमा अब्बल ब्यवसायीको रुपमा पहिचान बनाईसकेका लुईटेलले दमक ६ थानारोडमा पुरानो क्यारीटास अफिस छेउ मा आफ्नो ब्यवसाय आरम्भ गरेकाहुन् । २०६३ सालदेखि नेशनल कम्प्यूटरको नामबाट व्यवसाय शुरु गरेका उनले थप ब्यवस्थित रुपमा आरम्भ कम्यूटर पसल शुरु गरेको जनाईएको छ ।

दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले आरम्भको रिविन काटेर उद्घाटन गरेकाछन् । दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाँई सहित वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु, दमक जेसिजका अध्यक्ष सुयोग खरेल लगायतले आरम्भको सफलताको शुभकामना दिएकाछन् ।

एप्पल, डेल, एचपी, लेनेभो, एसर ब्राण्डका ल्यापटप तथा डेक्सटप, ब्रदर, इपसन क्यानोन ब्राण्डका फाटोकपी र प्रिन्टर मेसिन, सिसी क्यामरा, ब्याट्री इन्भटर, सामसुङ पानासोनिक ब्राण्डका एसी फ्रिज, टिभी, होम एप्लाईसेसका सामानहरु एकै ठाँउमा पाईने लुँईटेलले जनाए ।