दमक चोकमा नयाँ बिजूलीको सामाग्रि पाइने ठाँउ खुल्यो

दमक/ बिद्युतीय सामाग्रीको थोक तथा खुद्रा ब्यापार गर्न सोमबारदेखि दमक चौंकमा नयाँ बिजूलीको सामाग्रि पाउने पसल शुरु भएको छ । विनायक ट्रेडर्स नाममा नयाँ बिजूलीका सामान पाईने पसल खुलेको हो ।
लामो समयदेखि यस ब्यवसायमा सक्रिय युवा ब्यवसायी दयासागर आचार्यको सहकार्यमा अर्का युवा व्यवसायी भुवन भट्टराईले पसल शुरु गरेकाहुन् । दमक ५ स्थित गोरखा डिपार्टमेन्ट स्टोर पूर्व तथा राजमार्ग उत्तरमाविद्युतीय सामग्रीको खुद्रा तथा होलसेल पसल सञ्चालनमा आएको हो ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले उद्घाटन गर्दै सफलताको शुभकामना दिएकाछन् । उनले युवाहरु यस्तो अवस्थामा पनि ब्यवसायीक बन्दै गएकोप्रति खुशि प्रकट गरेका थिए । पसल उद्घाटन कार्यक्रममा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईं, प्रथम उपाध्यक्ष राजु खड्का, लायन्स लिडर ज्ञानु पौडेल लगायतको उपस्थिति रहेको थियो ।