अछाममा बिहानै ट्याक्टर दुर्घटना : ३ को मृत्यु, ४ घाइते
अछाम । यहाँको चौरपाटी गाउँपालिका–२ मुलिगाउँमा आज बिहानै ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्युु भएको छ भने ४ जना घाइते भएका छन् ।
से १ त १८३९ को बालुवा ल्याउन सेती नदीतिर गइरहेको रित्तो ट्याक्टर बिहान पौने ७ बजेतिर दुर्घटना भएको घटनास्थलमा रहेका चौरपाटी गाउँ कार्यपालिका सदस्य शिवबहादुर विकले जानकारी दिए ।
मृतकहरुको सनाखत भएको छैन । ट्याक्टरमा विद्यार्थीहरु चढेको बुझिएको छ । । विद्यालय जाने बेला विद्यार्थी चढेका विकले बताए । उनले भने ‘सडकको ढुंगामा ठोक्किएर त्यही पल्टिएको छ। तत्काल उद्दार गर्नसक्ने सम्भावना छैन।’