२०८१ बैशाख १२, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

धादिङ । सडकमाथिबाट आएको लेदो सडकमा जमेपछि रातिदेखि अवरूद्ध भएको पृथ्वी राजमार्ग खुलेको छ ।
धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेपछि सडक अवरूद्ध भएको थियो । सो लेदोमा केही सवारीसाधन समेत फँसेका थिए ।
सडकभन्दा माथि बालुवा निकालिएका कारण राति परेको वर्षाले माटो बगाउँदा लेदो सडकसम्म आएको थियो ।

राजमार्ग माथिबाट खनिएको सडकलाई व्यवस्थित गर्न नसक्दा सडक खन्दा निस्किएको लेदो राजमार्गसम्म आएपछि राजमार्ग बिहान २ बजेदेखि अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि बालुवा व्यवसायी र गाउँपालिकाले राजमार्गमा डोजर लगाएका त्यसलाई हटाएका थिए । सडक अवरुद्ध भएपछि सयौं यातायातका साधन रोकिएका थिए ।