सरकारको कामको समीक्षा गर्नुपर्छ : नेता रावल
धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीमबहादुर रावलले सरकारले आफ्ना काम कारवाहीको समीक्षा गरी अघि बढ्नुपर्ने बताएका छन ।
नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीले सरकारका मन्त्रालयको काम कारवाहीको समीक्षा गर्नुपर्ने धारणा राखे ।
उनले पार्टीको सम्बन्धित निकायमा मन्त्रालयगत रूपमा सरकारका समग्र कामको मूल्याङ्कन र समीक्षा गरिएमा सरकारका मन्त्रिमण्डल फेरबदल गर्ने/नगर्ने बारेमा भन्न सकिने बताए ।
सरकार फेरबदलका विषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै उनले आवश्यकताका आधारमा पार्टीले त्यस विषयमा गहन छलफल गर्ने उल्लेख गरे ।