एसईईमा करिष्माको बी प्लस
काठमाडौं । नायिका करिष्मा मानन्धरले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा बी प्लस ल्याएकी छन् ।
काठमाडौंको मैतीदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा अध्ययन गरेकी करिष्माले डिल्लीबजारमा रहेको विजय स्मारक मावि परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् ।
आज नतिजा सार्वजनिक हुनेबित्तिकै आफूले पनि हेरेको उनले जानकारी दिइन् ।

