कोरियन भाषा परीक्षाकोे नतिजा सार्वजानिक
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तगर्त लिइएको कोरियन भाषा परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ । गत जेठ २५ र २६ गते काठमाडौं र पोखरामा लिइएको परीक्षाको नतिजा आएको सार्वजानिक भएको हो ।
नतिजा ईपीएसको बेवसाइटमा गएर हेर्न सकिने छ । इपीएस कोरियाले गएराति नतिजा सार्वजनिक गरेपनि नेपालमा भने आज १० बजेपछि मात्र सार्वजानिक भएको हो ।
अगामी वर्ष २०२० को लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ। परीक्षामा भने कुल ९२ हजार ३ सय ५६ जना परीक्षार्थी सहभागी भएका थिए ।