युवतीलाई यातना दिने ‘धर्ती माता’ बालाजुबाट पक्राउ
काठमाडौं । आफूलाई ‘धर्ती माता’ भन्दै एक युवतीलाई सार्वजनिक स्थलमा यातना दिने महिला पक्राउ परेकि छिन् । विष्णु कुँवर नाम गरेकी ति महिला शुक्रबार बिहान बालाजुबाट पक्राउ परेकी हुन् । धर्तीमााता भनिने विष्णुलाई नेपाल प्रहरीको विशेष टोलीले पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता होमिन्द्र बोगटीले जानकारी दिए ।
ति महिलाले आफू माता भएको भन्दै युवतीको शरीरमा बोक्सी पसेको भनेर यातना दिएकी थिइन् । उक्त भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।
नेपाली सेनाको जंगी अड्डासँगै जोडिएको भद्रकाली मन्दिर परिसरमा एक साताअघि उनले युवतीलाई यातना दिएको भिडियो भाइरल भएको थियो ।